Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अण्डा बारे यी ९ कुराबाट अन्जान हुनुहुन्छ तपाईं

अण्डा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसमा शरिरका लागि चाहिने सबै पौष्टिक तत्व पाइन्छ । यो इनर्जी बुस्टर हुनुका साथै तौललाई पनि सन्तुलित राख्ने गर्दछ त्यसकारण ब्रेकफास्टमा अण्डाको सेवन गर्नुहोस् । अण्डा आफ्नो स्वास्थ्यवर्धक गुणका कारण मानिसहरुबिच निकै लोकप्रिय छ । अमेरिकन एग बोर्डलाई यदि मान्ने हो भने हरेक वर्ष प्रति व्यक्ति सामान्यतया २५५ अण्डाको सेवन गर्ने गर्दछ । तर अण्डाको बारेमा यस्ता थुप्रै तथ्यहरु छन् जसको बारेमा सायद तपाईंलाई अहिलेसम्म थाहा छैन । १. अण्डाको आकारः अण्डाको आकार एउटै हुँदैन । यो सानो, मध्यम र ठूलो गरि तीन प्रकारको आकारमा आउने गर्दछ । यदि तपाईंलाई धेरै भोक लागेको छ भने ठूलो अण्डा खानुहोस् र थोरै भोक लागेको छ भने सानो । जति ठूलो अण्डा खानुहुन्छ त्यति धेरै फाइदा र त्यति नै धेरै प्रोटिन र मिनरल्स तपाईंको शरिरले पाउनेछ । २. पौष्टिक तत्वले भरपूरः यद्यपी यसमा पाइने कोलेस्ट्रोलले मुटुलाई हानी गर्दछ तर ४० भन्दा बढि भएको शोधका अनुसरा अण्डा एक स्वस्थ आहार हो । यसमा भिटामिन ए, डी, बी १२ का साथै रिबाफ्लेविन, फस्फरोस् र फोलेट पाइने गरिन्छ । यी सबै पौष्टिक तत्व शरिरका लागि फाइदाजनक छ र यसका कारण दिमाग बलियो हुनुका साथै आँखाको ज्योती पनि बढ्ने गर्दछ । ३. तौल सन्तुलित राख्दछः तौललाई सन्तुलित गर्न अण्डाले निकै फाइदा पुर्याउने गर्दछ । अण्डा खाँदा तपाईंको भोक शान्त हुने गर्दछ भने तपाईं ओभरइटिङ बाट बच्नुहुनेछ । एउटा अण्डामा ७० क्यालोरी र ६ ग्राम प्रोटिन हुने गर्दछ अर्थात यसलाई लो क्यालोरी फूड पनि भनिन्छ । यदि तपाईं आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने अण्डाको सेवन गर्नुहोस् । ४. प्रोटिन हुन्छः अण्डाको सेतो भागमा अल्ब्यूमिन नामको प्रोटिन भरपूर मात्रामा पाइन्छ । बिहानको समयमा शरिरलाई यसको निकै आवश्यकता हुन्छ त्यसकारण ब्रेकफास्टमा दैनिक अण्डाको सेवन गरेमा शरिरले पूर्ण रुपमा प्रोटिन पाउँछ । यसलाई दिनभरी तपाईंलाई उर्जावान राख्नमा सहयोग गर्दछ । ५. भिटामिन डीः हड्डीलाई बलियो बनाउनमा क्याल्सियमका साथै भिटामिन डी को महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो शरिरले भिटामिन डी सूर्यको किरण मार्फत पाउने गर्दछ भने अर्को माध्यम भनेको अण्डा नै हो । अण्डामा भिटामिन डी प्रचुर मात्रामा पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ । ६. रंगको असर हुँदैनः केही मानिसहरुले सेतो अण्डाको तुलनामा खैरो अण्डा बढि फाइदाजनक हुने बताउँछन् तर यो वास्तविक होइन । अमेरिकन एग बोर्डका अनुसार अण्डाको रंगबाट त्यसको पौष्टिकतामा केही फरक पार्दैन । सेतो अण्डा  खैरो अण्डा समान हुन्छ  र दुबैमा बराबर मात्रामा पोषक तत्व पाइन्छ । ७. फ्याट कम गर्दछः एउटा ठूलो अण्डामा १.५ ग्राम स्याचुरेटेड फ्याट, १.८ ग्राम मोनोस्याचुरेटेड फ्याट र एक ग्राम पलीअनस्याचुरेटेड फ्याट हुने गर्दछ । यसका साथै एउटा ठूलो अण्डामा १८५ मिलि ग्राम कोलेस्ट्रोल हुने गर्दछ । सन् २०१० को डायटरी गाइडलाइन एडभाइजरी संस्थाका अनुसार कुनै पनि व्यक्तिलाई नियमित रुपमा ३०० मिलि ग्राम कोलेस्ट्रोल आवश्यकता हुन्छ । योभन्दा बढि कोलेस्ट्रोलको सेवनले मुटुलाई हानी पुर्याउने सम्भावना हुन्छ । तर यदि तपाईं दैनिक एक अण्डाको सेवन गर्नुहुन्छ भने तपाईंको कोलेस्ट्रोलको आवश्यकता पनि पूरा हुने गर्दछ भने तपाईंको मुटु पनि स्वस्थ हुने गर्दछ । ८. ताजा अण्डा खानुहोस्ः अण्डाको पनि एक्सपायरी डेट हुन्छ । फर्मबाट बाहिर आएको तीन हप्ताभित्र अण्डाको प्रयोग फाइदाजनक मानिन्छ । तर यसलाई राम्रो प्रकारको कोल्ड स्टोरमा राख्नुपर्ने कुरालाई ध्यान दिनुहोस् । यदि अण्डालाई धेरै समय बाहिरको तापक्रममा राखियो भने यसको पौष्टिकता नष्ट हुने गर्दछ । त्यसकारण ताजा अण्डा खाने कोसिस गर्नुहोस् । ९. इनर्जी बूस्टर  हो अण्डाः अण्डा निकै राम्रो इनर्जी बूस्टर हो । यदि तपाईं दैनिक बिहान उठ्नमा अल्छी गर्नुहुन्छ भने अण्डाको सेवन तपाईंका लागि फाइदाजनक हो । बिहान ब्रेकफास्टमा अण्डा सेवन गर्दा दिनभरी तपाईं उर्जावान् रहनुहुन्छ । यसको पहेंलो भागमा स्वस्थ फ्याट हुने गर्दछ जसले उर्जा प्रदान गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies