Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गर्मीमा खुट्टा गन्हाउँछ ? यसो गर्नुहोस्

गर्मीमा खुट्टा गन्हाउने समस्या धेरैको हुन्छ । यसलाई थुप्रै तरिकाले उपचार गर्दा पनि गन्ध नहट्ने हुन्दा यो धेरैको लागि समस्या हुने गर्दछ । खुट्टाको दुर्गन्धले तपाईंलाई जहाँ पायो त्यहि असहज महसुस हुन्छ । कसरी आउँछ गन्ध ? हाम्रो खुट्टमा पसिनाको धेरै ग्रन्थी हुने गर्दछ जसले ब्याक्टेरियासँग मिलेर दुर्गन्ध बढाउने काम गर्दछ । खुट्टा र जुत्ताबाट दुर्र्गन्धलाई टाढा राख्नका लागि केहि घरेलु तरिका छन् । आउनुहोस्, थाहा पाऔँ । \"1औषधीय र सुगन्धित पाउडर प्रयोग गर्नुहोस्ः खुट्टाको दुर्गन्ध हटाउनका लागि राम्रो औषधीय पाउडरको प्रयोग गर्नुहोस् । मेडिकल स्टोरमा एन्टी फंगल र एन्टी सेप्टिक बडी पाउडर पाइन्छ । तपाईं यस्तो प्रकारको पाउडर लगाउनुहोस् । यसलाई राती सुत्नुभन्दा अगाडि र बाहिर जानुभन्दा पहिले यसलाई जुत्तामा छर्किनुहोस् । \"2सफा गरिराख्नुहोस्ः खुट्टालाई गन्धरहित बनाउनका लागि सबैभन्दा ठूलो उपाय भनेको सफा गर्नु नै हो । अफिसबाट आइसकेपछि र सुत्नुभन्दा पहिले खुट्टा धुनुभयो । यसो गर्दा ब्याक्टेरिया धेरैबेर सम्म रहँदैन र खुट्टाबाट दुर्गन्ध हट्छ । \"3सुतीको मोजा लगाउनुहोस्ः सुतीको मोजाले खुट्टामा हावाको संचार राम्रो हुने भएकाले यसले पसिनालाई पनि सुकाउने गर्दछ । दोस्रो, सुतीको मोजाले पसिनालाई सोस्ने गर्दछ र खुट्टामा दुर्गन्ध पैदा गर्ने ब्याक्टेरियाको वृद्धिलाई रोक्ने गर्दछ । खुट्टा र जुत्ताको दुर्गन्ध हटाउने यो सबैभन्दा राम्रो तरिका हो । \"4आफ्नो जुत्ता सफा राख्नुहोस्ः तपाईं आफ्नो जुत्ता धुनुहोस् र यसलाई घाममा सुकाउनुहोस । यसो गर्नाले दुर्गन्ध पैदा गर्ने ब्याक्टेरिया नष्ट हुने गर्दछ । सूर्यको प्रकाशमा पाइने स्टलाइजेशनको प्रभावले फंगल र ब्याक्टेरिया नाश हुने गर्दछ । \"5छालाको जुत्ता नलगाउनुहोस्ः छालाको जुत्तामा हावा पास हुनबाटबञ्चित हुने गर्दछ जसले पसिना निस्कने गर्दछ । गर्मी महिनामा यस्तो जुत्ताको प्रयोग गर्नुहोस् जसमा हावा पास हुन सकोस् । दुर्गन्ध हटाउनको लागि र ब्याक्टेरिया र पसिना भगाउनको लागि यो निकै अत्यावश्यक छ । \"6-bakingsoda\"बेकिङ सोडाः यसले पनि ब्याक्टेरिया मार्न र पसिनालाई रोक्ने गर्दछ । आधा बाल्टी पानीमा १ चम्चा बेकिङ सोडा हाल्नुहोस् । यसमा आफ्नो खुट्टा राखेर २० मिनेटसम्म राख्नुहोस् । यो प्रक्रिया हप्तामा कम्तीमा पनि दुईपटक गर्नुहोस् । मोजा लगाउनुभन्दा पहिले बेकिङ सोडा छर्कन सक्नुहुन्छ । \"7-epsomsalt\"नुनः यसले खुट्टामा लुकेको ब्याक्टेरियालाई पनि नष्ट गरिदिने गर्दछ । यसले विषालु पदार्थलाई हटाउनमा सहयोग गर्दछ । मनतातो पानीमा दुईचम्चा नुन हाल्नुहोस् र यसमा आफ्नो खुट्टालाई १५ मिनेटसम्म भिजाउनुहोस् । तपाईं यसलाई जुत्तामा पनि छर्कनसक्नुहुन्छ । \"7-blacktea\"कालो चियाः यसमा टोनिक एसिडको मात्रा धेरै हुने भएकाले साना साना प्वालहरुलाई बन्द गरिदिने गर्दछ जसका कारण पसिना निस्कन बन्द हुन्छ । कडा कालो चिया बनाएर एक बाल्टी पानीमा हाल्नुहोस् र १ चम्चा नुन पनि मिसाउनुहोस् । यो मिश्रणमा कम्तीमा पनि आफ्नो खुट्टलाई एक घण्टा डुबाउनुहोस् । \"8-vinegar\"भेनेगरः यो एक प्रकारको एसिड हो जसले ब्याक्टेरिया बढाउन रोक्दछ । यसले पसिनाको दुर्गन्धलाई रोक्न गर्दछ । एक कप भेनेगरलाई आधा बाल्टी मनतातो पानीमा हाल्नुहोस् र यसमा खुट्टालाई १५ मिनेट राख्नुहोस् । दुईहप्तासम्म सुत्नुभन्दा अगाडि दैनिक अपनाउनुहोस् । \"9-ginger\"अदुवाः अदुवालाई पानीमा आधा घण्टासम्म उमाल्नुहोस् । आधा बाल्टी पानीमा यो मिश्रण घोल्नुहोस् । यो पानीमा आफ्नो खुट्टामा आधा घण्टासम्म डुबाउनुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies