Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

भाटेजुलुसमा यसरी छक्याइयो प्रहरीलाई !

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाका तर्फबाट मोर्चासम्बद्ध युवाहले आइतबार राजधानीलगायत देशभर भाटेजुलुस प्रदर्शन गरे । भाटे जुलस प्रदर्शनका क्रममा चितवन, पोखरा, बनेपा, वीरगञ्ज, भैरहवा, कपिलवस्तुलगायत झन्डै तीन दर्जन जिल्लामा प्रदर्शनकारी युवा र प्रहरीबीच झडप भयो । राजधानीमा पनि स–सानो झडपसहित भाटेजुलुस सफल भएको देखियो । फागुन १२ गते आकस्मिक रुपमा यसैगरी भाटेजुलुस प्रदर्शन गरिएपछि गृह मन्त्रालयले अब उप्रान्त कुनै हालतमा यस्ता कार्यक्रम गर्न नदिइने चेतावनी दिएको थियो । गृहमन्त्री वामदेव गौतम स्वयंले समेत हालै विज्ञप्ति निकालेर सकेसम्म आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन र त्यो सम्भव नभए पनि कमसेकम भाटे जुलुस चाहिँ नगर्न अनुरोध गरेका थिए । आइतबार अपराह्न खबरडबलीसँग कुरा गर्दै गृहसचिव सूर्यप्रसाद सिलवालले भनेका थिए– ‘लठ्टी–भाँटा भनेका हतियार नै हुन् । कानुनी राज भएको मुलुकमा दिनदहाडै हतियार प्रदर्शन गरेर सर्वसाधारणलाई आतंकित पार्न दिइनेछैन । कसैले त्यसो गर्न खोजे ठाउँका ठाउँ लट्ठी–भाटाजस्ता हतियार तुरुन्तै खोस्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।’ त्यति हुँदाहुँदै पनि भृकुटीमण्डपदेखि वीर अस्पतालसम्म लट्ठी–भाटासहितको जुलुस निक्कियो र टुँडिखेलको गेटमा कोणसभा गरी कार्यक्रमको समापन गरियो । खबरडबलीले बुझ्दा प्रहरीका आँखा छल्दै राजधानीमा भाटेजुलस सफल पार्ने यस्तो योजनाकाे सूत्राधार रहेछ– युवापरिचालन इन्चार्ज जनार्दन शर्मा, एमाओवादीका नेवाः इन्चार्ज झक्कु सुवेदी, काठमाडौं जिल्ला इन्चार्ज एवम मजदुर नेता शालिकराम जमकट्टेल, काठमाडौंका जिल्ला संयोजक हिमाल शर्मा, विद्यार्थीका केन्द्रीय संयोजक रमेश मल्ल वाईसीएल कार्यवाहक अध्यक्ष आरसी शर्मा, वाईसीएल उपत्यका अध्यक्ष दीपशिखासहितको टिम । सोही टिमका एक सदस्य अर्थात् वाईसीएलका उपत्यका अध्यक्ष दीपशिखा भन्छन्– ‘सरकारको तयारी र धम्की देख्दा हाम्रो कार्यक्रम असफल पार्न उनीहरुले जानेजति र सकेसम्मका सबै उपाय लगाउँछन् भन्ने बुझ्यौं र सोहीअनुसारको तयारी गर्‍याैं । त्यसैले सफल भयो हाम्रो कार्यक्रम ।’ कसरी झुक्याउनुभयो प्रहरीलाई ? खबरडबलीको जिज्ञासामा दीपशिखा भन्छन्– ‘हामीले प्लान ए, प्लान बी र प्लान सी गरी तीनखाले तयारी गर्‍याैं । जसअनुसार तीनवटा गाडीमा लट्ठीहरु तीन विन्दुमा उपस्थित गराउने चाँजो मिलायौं ।’ युवानेता दीपशिखाले भने– ‘लट्ठीसहितको एउटा गाडी बागबजारको खसी बजारमा खडा गरी मोडेल हस्पिटल हुँदै जुलुस सुरु हुने भृकुटीमण्डप गेटसम्म आउने तारतम्य मिलाइयो । अर्को गाडी सहिदगेटदेखि सुन्धारासम्मको एरियामा उपस्थित गराएर भृकुटीमण्डपबाट सुरु हुने जुलुसले सुन्धारा आसपासबाट लट्टी हात पार्ने उपाय रच्यौं । र, प्लान सी अन्तर्गत काठमाडौं मलमा अर्को गाडी तैनाथ गरेर जुलुसले त्यहींबाट लठ्ट्ठी लिने प्रबन्ध मिलायौं । प्लान ए र बी सफल हुन सकेनन्, अन्ततः प्लान सीअनुरुप कार्यक्रम शानदार ढंगले सफल भयो ।’ मान्छे त निकै कम देखिए नि ? कसरी सफल भएको मान्ने तपाईंहरुको कार्यक्रम ? खबरडबलीको जिज्ञासामा दीपशिखा भन्छन्– ‘शनिबार साँझ र आइतबार बिहान हाम्रो टिमले निर्णय नै थोरै मान्छे उतार्नेगरी गरेको थियो र त्यही योजनाअनुसारका मान्छेको सहभागिता रह्यो । योजनाभन्दा कम होइन, बढी नै उपस्थित थिए सहभागीहरु । अनि राष्ट्रिय सभागृहको छेउमा काठमाडौं जिल्ला वाईसीएलको एउटा, आरआर क्याम्पसमा विद्यार्थी संगठनको अर्को र पर्यटन बोर्डपछाडि ललितपुर वाईसीएलको तेस्रो फाइटर पोस्ट नै खडा गरेर कार्यक्रम सुरु गर्‍यौं ।’ आन्दोलनमा त मान्छे बढीभन्दा बढी पो बोलाइन्छन्, किन बनाउनुभयो त्यसरी कम आउने योजना ? दीपशिखाकाे जवाफ अायाे– ‘सरकारले दमन गरेर कार्यक्रम बिफल पार्ने योजना बुझेपछि हामीले पनि कार्यक्रमलाई प्रतिष्ठाकै विषय ठान्यौं अनि अनीहरु जे नगर् भन्छन् त्यही गरेर देखाउनेरी परिआए भिड्न सक्ने युवा र लड्न सक्ने जतिलाई मात्रै बोलायौं, अरुलाई घरै बस भन्यौं ।’ उसोभए राजधानीमै भिड्ने तयारीका साथ जानुभएको रहेछ, होइन ? दीपशिखा भन्छन्– ‘होइन, हामी जसरी हुन्छ भिडन्त नगरी लट्ठी प्रदर्शन गरिछाड्न चाहन्थ्यौं । तर, सरकार र सुरक्षा निकायचाहिँ सकेसम्म भिडेरै तह लगाउने मुडमा देखियो । अन्तसम्म नभिडी कार्यक्रम सफल पार्ने तर असफलै पारिछाड्ने सम्भावना देखिए भिडेरै भए पनि असफल चाहिँ हुनै नदिने हो हाम्रो तयारी । जस्तै स्थिति आइपरे पनि सरकार र गृह मन्त्रालयलाई चुनौती दिएरै छाड्न चाहन्थ्यौं, त्यसमा सफल भयौं ।’ टुँडिखेलको गेटमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले चेतावनी दिए– ‘शान्तिपूर्ण आन्दोलनविरुद्ध सरकारकाे यस्तै दमन जारी रहने हो भने हामी बन्दुक बोकेरै प्रतिरोध गर्न बाध्य हुने छौं, त्यस्तो स्थिति ननिम्त्याइयोस् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies