Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

खोपमा किसान र मजदूरलाई प्राथमिकता राख्न सरकारलाई निर्देशन

रासस

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ सङ्क्रमणविरुद्धको खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन गरेको छ ।
 
समितिको आजको बैठकले किसान र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिए ।
   
समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।

किसानले यस वर्ष पनि धानका लागि सहजरूपमा आवश्यक मल खाद्य प्राप्त गर्न नसकेको जनाउँदै समितिले कृषि तथा पशुपक्षी  मन्त्रालयलाई  रसायनिक मल अभावको समस्या तत्काल र दीर्घकालका लागि व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराएको छ । 
 
समितिले भनेको छ, ‘मल खाद्य खरीदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्को भैरहवास्थित राष्ट्रिय गहुँबाली अध्ययन केन्द्रको जग्गा विभिन्न नाममा हुन लागेको अतिक्रमणका सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको पनि सभापति सुवेदीले जानकारी दिनुभयो । अतिक्रमको घटनाकाबारे जानकारी उपलब्ध गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । 

यसैबीच कृषि अनुसन्धान परिषद्ले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राष्ट्रिय गहुँबाली कार्यक्रम रुपन्देहीको तीन बिघा जग्गा १०० श्यया क्षमताको बहुउपयोगी संरचना निर्माण गर्न उपलब्ध गराउन माग भई आएको पुष्टि गर्र्दै गहुँको अनुसन्धान र  परीक्षणमा प्रतिकूल प्रभाव पर्ने भएकाले उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।

यसअघि बैठकमा समिति सदस्यले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउन, कृषि ऋण र अनुदान टाठाबाठाको पोल्टामा गएकाले बास्तविक किसानमा पुर्‍याउन तथा प्राकृतिक प्रकोपका घटनाका पीडितलाई पुनर्वास र राहतका कार्यक्रम ल्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केजरीवालको न्यायिक हिरासतको समय ७ दिन बढाइयो

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजर...

कतारमा पानी निर्यातको अवसर

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारव...

यस्तो छ कतारी राजाको भ्रमण तालिका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेक...

कतारका राजालाई २१ तोपको सलामी

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति...

अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुकको हित गर्दैनः नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखेको छन् ।  ...

काठमाडौँ आइपुगे कतारका अमिर थानी

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानी चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्र...

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार ...

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षारविषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह ...

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

काठमाडौँ । काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन ९केसीआरइ० को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अ...

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies