Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फरार प्रतिवादी ६ जना पक्राउ

खबरडबली संवाददाता

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पुर्‍याएको छ । त्यही क्रममा हिजो मात्र छ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद र रु छ हजार जरिवाना सुनाइएका वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की तथा दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 

त्यस्तै लिखत बेइज्जती मुद्दामा रु तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाजी मुद्दामा रु एक/एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-१० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । उनका अनुसार पक्राउ परेका छ प्रतिवादीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

त्यसैगरी लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दीप विक र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन् । उनीहरुलाई ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीमा परेर सिन्धुलीमा एकजनाको मृत्यु, विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षती

काठमाडौं । सिन्धुलीमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-१ खारखोला बस्ने ७३ वर्षीया कृष्ण माया पौडेलको आगोले जलेर मृत्यु भएको हो ।...

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं। पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार...

राष्ट्रियसभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ जारी

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक...

पर्वतमा एक हजार चार सय हेक्टर जंगलमा डढेलो

पर्वत। यहाँका विभिन्न वन–जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ। डि...

विहिबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

काठमाडौं ।  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहा...

धनुषामा प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनाै सेल अश्रुग्याँस प्रहार

धनुषा। युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद...

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन  हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन ...

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । ...

हिमाल उक्लिदै औलो, कर्णालीका हिमाली जिल्लामा बढ्दै औलोका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies