सउल- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए ।
बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ । उनले हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए ।
उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ । उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ । भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८१ - ०९:५९
काठमाडाैं । गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्यासा ...
बैशाख ८ गते, २०८१ - ०९:५६
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्...
बैशाख ८ गते, २०८१ - ०९:५३
राैतहट। नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथल...
बैशाख ८ गते, २०८१ - ०८:५५
म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं ...
बैशाख ८ गते, २०८१ - ०७:४७
काठमाडाैं । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...
बैशाख ८ गते, २०८१ - ०७:४७
काठमाडाैं । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...
बैशाख ८ गते, २०८१ - ०७:४५
काठमाडौं । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको काठमाडौं–तराईरमधेश द्रुतमार्गमा ६४.४७७ किमिमा ठेक्का व्यवस्थापन भए पनि ललितपुरको खोकना खण्डको विवाद...
बैशाख ८ गते, २०८१ - ०७:३८
झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बत...
बैशाख ८ गते, २०८१ - ०७:३२
काठमाडौं । कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गर...
बैशाख ८ गते, २०८१ - ०७:१७
गुल्मी। गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ। शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर...
प्रतिकृया लेख्नुहोस्: