Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टोकियो ओलम्पिकमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

खबरडबली संवाददाता

काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् ।

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी थिइन् । 

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।  यातायात विभागका अनुसार...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले...

दोस्रो सातामा ‘महाजात्रा’ ,क्युएफएक्सले भन्यो ‘सुपरहिट’

काठमाडौ‌ं ।  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकस...

दुई परीक्षा केन्द्रकाे एसइई परीक्षा रद्दको निर्णय हुँदै

काठमाडौं । प्रश्नपत्र आउट भएका दुई ठाउँमा परीक्षा रद्दको निर्णय हुने भएको छ । बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहीरीएका दुई ठाउँको परीक्ष रद्...

दिनदिनै नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, शुक्रबार कतिमा हुँदै छ कारेबार ?

काठमाडौं  । नेपाली बजारमा शुक्रबार  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम गरेको थियो ।  बिहीबकार १...

नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन देउवाको निर्देशन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन निर्देशन दिएका छन् ।  कांग्रेस नेता स्वर्गीय खुमबहाद...

कपनबाट कटुवा पेस्तोलसहित लिम्बु पक्राउ

काठमाडौ‌ । जिल्ला प्रहरी परिसर काठमाडौ‌ले काठमाडौ‌को कपनबाट पेस्तोलसहित  एकजना पक्राउ गरेको छ । गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतिया...

आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन सकिन्नः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा...

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधा...

फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्र...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies