Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी, तयारी अवस्थामा बस्न अस्पताललाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए । 'सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ', उनले भने, 'तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।'

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडाैं । गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्यासा ...

पाँचौ सातामा ‘महाजात्रा’ : २६ करोड ६५ लाख रुपैयाँको व्यापार

काठमाडौं।  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्...

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

राैतहट। नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथल...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी  । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं ...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

खोकना खण्डको विवादले अड्कियो द्रुतमार्ग

काठमाडौं  । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको काठमाडौं–तराईरमधेश द्रुतमार्गमा ६४.४७७ किमिमा ठेक्का व्यवस्थापन भए पनि ललितपुरको खोकना खण्डको विवाद...

भारतमा नेपाली चियाको निर्यात बन्द, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

झापा  । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बत...

दलीय स्वार्थको दलदलमा प्रदेश सरकार

काठमाडौं ।  कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गर...

गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा करोडौंको क्षति

गुल्मी। गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ। शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies