Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एकपछि अर्को गर्दै २८ वटा सिनेमा हल बन्द

खबरडबली संवाददाता

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधंैका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधंैका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् । यो समाचारराजधानी दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोसी-मरिण डाइभर्सन : सुरुङ छिचोल्न ११० मिटर बाँकी

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक...

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ: मुख्यमन्त्री सोडारी

कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताएको छन्।  सुदूरपश्चिम प्रदेश खेलकुद...

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलनमा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ ।आज देखी सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभाग...

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुने गरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील ह...

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

बाँके, बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।  कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम...

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

धनकुटा । धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो बस राती २स्१५ बजे तिर धनकुट...

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्...

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण...

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । पार्टीका अध...

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies