Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए

खबरडबली संवाददाता

काठमाडौँ । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार  कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ ।

आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको देखिन्छ ।

नेप्सेको विवरण अनुसार गत जेठ ३१ गते नेप्से परिसूचक तीन हजार बिन्दु माथि पुग्दा बजार पूँजीकरण हालसम्मकै सर्वाधिक रु ४२ खर्ब १६ अर्ब बराबर पुगेको थियो ।

सोमबार ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.३७ बिन्दुले घटेर ५२०.१८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा पर्यटन १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, वित्त १२०.२२, निर्जीवन बीमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बीमा ४५१.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ०.५२ अङ्कले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल पुरनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ बराबरको कारोवार भएको छ ।

यस्तै, एचआइडिसिएल रु ३१ करोड सात लाख २३ हजार २२१, नागरिक लगानी कोष रु २९ करोड ६१ लाख ७९ हजार ९१३, नेशनल हाइड्रोपावर रु २८ करोड ४४ लाख ७३ हजार ७५० र हिमालयन डिस्टिलरी रु २४ करोड ८७ लाख ४६ हजार ९३० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

उच्च अङ्कले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक ९.९७, एचआइडिसिएल ४.३३, एनबिबिएल डिवेञ्चर ३.६५, एसबिएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले दुई प्रतिशतले कमाए । त्यस्तै, पोखरा फाइनान्स ९.२६, यूनिभर्सल पावर ९.१२, यूनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा हाइड्रोपावर ८.६२ र लिवर्टी इनर्जीका लगानीकर्ताले ८.५२ प्रतिशतले गुमाए । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

कैलाली । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना...

सन्दर्भः २५ औं मनमोहन अधिकारी स्मृति दिवस

को हुन् स्व. मनमोहन अधिकारी ?

सर्वोच्चद्धारा गौर नरसंहार मुद्वाकाे कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । हिजाे बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जिल्ला...

मनमोहन जनताको सच्चा मित्रः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका ...

आफैले यात्रा गरेको बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

चितवन ।  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।  राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको ...

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई झापा आन्दोलनको प्रभावबाट २०२९ सालमा वामपन्थी राजनीतिमा प्रवेश गरेका ...

ललितपुरमा पाठेघर र स्तन क्यान्सर परीक्षण

ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज ललितपुर महानगरपा...

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल...

२५ औं मनमोहन अधिकारी स्मृति दिवसः पुस्ताैं सम्म सम्झनामा रहीरहने मनमाेहन

मनमाेहनले दिएकाे भत्ता जेष्ठ नागरिककाे साहरा

ट्याक्टरबाट खस्दा एक युवाको मृत्यु

मकवानपुर । गुडीरहेको ट्याक्टरबाट खसेर मकवानपुरको कैलाश गाउँपलिकामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरको चक्काले किच्दा कैलाश गाउँपालिका वड...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies