त्रिशूली । वाग्मती प्रदेश सरकारमार्फत उपलब्ध गराइएको अत्यावश्यक स्वास्थ्य सामग्री नुवाकोटका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ । त्रिशूली अस्पतालसहित स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका लागि प्राप्त भएको कोरोनाविरुद्धको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सहायता सामग्री बिहीबार एक कार्यक्रमबीच वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले हस्तान्तरण गरे ।
सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उक्त स्वास्थ्य सामग्रीमा स्थानीय तहमा अत्यावश्यक रहेको मास्क दुई हजार ५०० थान, फेसशिल्ड १५० थान, पिपिइ ५० थान, चश्मा १०० थान, एन्टिजेन किट ५०० थान, जुत्ताकभर २५ थान, स्यानिटाइजर ५० लिटर, आइसोलेशन गाउन ५० थान रहेका छन् । त्रिशूली अस्पतालका लागि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको सहित थप दश थान अक्सिजन सिलिण्डरलगायत सामग्री उपलब्ध गराइएको छ ।
सामग्री हस्तान्तरण गर्दै मन्त्री पाण्डेले गाउँगाउँका स्वास्थ्य संस्थालाई कोरोनाविरुद्ध उपचारका लागि माग भएअनुसार अत्यावश्यक सामग्री उपलब्ध गराएकाले अपुग भएमा पुनः माग गर्न आग्रह गरे । “नुवाकोटका लागि छिछो र सहजरूपमा ल्याउन आफू सक्रिय छु”, उनले भने, “उपलब्ध सामग्री कुनै पार्टी र व्यक्तिभन्दा पनि प्रदेशभित्रका नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन सङ्घीय र प्रदेश सरकारमार्फत उपलब्ध गराइएको हो ।”
आन्तरिक मामिला तथा कानून मन्त्रालयले काम मुख्यतः शान्ति सुरक्षा, सूचना तथा सञ्चार र प्रदेशस्तरका कानूनको तर्जुमा गर्ने जिम्मेवारी भए पनि जनतालाई सहजरूपमा सेवाप्रवाहका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गत पर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको सुधारका लागि आफू सक्रिय रहेको मन्त्री पाण्डेको भनाइ छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बद्रीप्रसाद मैनालीले प्रदेश सरकारबाट नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आगामी आर्थिक वर्षका लागि बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखिएको जानकारी दिए । उनका अनुसार कोरोनाविरुद्ध खोप खरिदका लागि रु दुई अर्ब छुट्याएको, कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकाका लागि मासिक रु तीन हजार र अभिभावकविहीन बन्न पुगेका बालबालिकाका लागि मासिक रु दुई हजार भत्ता सुनिश्चित गरिएको, ‘एक विद्यालय–एक नर्स कार्यक्रमलाई निरन्तरता’, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलगायतमा बजेटलाई प्रथामिकता दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: