Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वास्तुअनुसार घरको कुन दिशामा के बनाउने ? शयनकक्षदेखि शौचालयसम्मको वास्तु जानकारी

खबरडबली संवाददाता

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।

प्रवेशद्वार

वास्तु शास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित हुनुपर्छ भनेर भनिएको छ। प्रवेशद्वार बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:

प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ
ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ र ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन
घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन
पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु उचित हुन्छ
द्वार नैऋत्य र वायव्य कोणमा बनाउनु पर्छ

भान्सा घर

वास्तु शास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुदैन। त्यसैले भान्सा बनाउदा निम्न कुराहरु ख्याल गर्नु पर्छ:

भान्सा घर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा निर्माण गर्न सकिन्छ
खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुदैन
पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ
घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ
पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुदैन
खाना भान्साको बीचभागमा बसेर खानु पर्छ

पूजास्थल

हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। पूजास्थल बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:

पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन
पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन
पूजा कोठा शौचालय संग एकै पर्खालले जोडिएको हुनु हुदैन
पूजा कोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ भने पूजा कोठा सयन कक्षमा बनाउनु हुँदैन
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनु पर्छ

शयन कक्ष

शयन कक्ष अर्थात सुत्ने कोठा वास्तु शास्त्र अनुसार बनेको हुनुपर्दछ। यसो नभएमा राती सपना नराम्रो देखिने गरिन्छ।सयन कक्ष निर्माणमा निम्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ:

मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ
पलंग स्थापना सुत्नेको शीर दक्षिण तर्फ हुने गरी गर्नुपर्छ
शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुदैन
शयन कक्षमा पूजास्थल राख्नुहुदैन
पलंगको अगाडी पट्टि ऐना राख्नुहुदैन
शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ
वास्तु शास्त्र अनुसार शयन कक्षमा एक्वैरियम हुनु राम्रो होइन

बाल बालिका कक्ष

वास्तु शास्त्र अनुसार बाल बालिको प्रगति र विकासको लागि उनीहरुको कोठा निम्न कुरा ध्यानमा राखी बनाइएको हुनु पर्छ :

बालबालिका कक्ष पश्चिममा हुनु राम्रो मानिन्छ
पलंगको अगाडी नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन
कोठाको बीच भाग सधै खाली हुनुपर्छ
धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन
बच्चाको पलंगलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ
सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ

रङ्ग:

रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्रमा अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न रङ्ग निम्न कुराहरु ध्यानमा राखी घर बनाउनु पर्छ :

शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ

बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ

भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ

बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ

घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन

दिशा सम्बन्धी ज्ञान
वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ। कुन कक्ष कुन दिशा पट्टि बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो। घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, यहि कारण हो हरेकलाई यस्तो बारेमा ज्ञान हुनुपर्ने।

वास्तुशास्त्रमा ८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन्

१. पूर्व
पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ। संवृद्धताको दिशा हो पूर्वदिशा।

घरका निम्न भागहरू पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ

-घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजा-आजा गर्ने कोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ।
-धन-सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ।
-भाञ्छा तथा चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन।
-पूर्व दिशामा भएका घरका भागहरू कहिल्यै पनि पश्चिम, दक्षिण(पश्चिम तथा उत्तर(पश्चिम दिशामा भएका भागहरूभन्दा माथिल्लो (उच्च) स्थानमा हुनुहुँदैन।
२. पश्चिम
वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा टिठलाग्दो दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ। त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा संवृद्धि छाउन सक्दैन। केहि गरी सुखको आश पलाउन लाग्ने बित्तीकै फेरि दुखको पिँजडामा थुनिनुपर्ने हुन्छ, डुब्न लागेको पहेँलो घाम जस्तै।

पश्चिम दिशाको बारेमा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार रहेका छन्

-घरको पश्चिमपट्टि भागमा मूलद्वार होइन, बरु भर्याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ।
-चर्पी, फोहोर फाल्ने ठाउँ अनि गोबरग्याँस लाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ।
३. उत्तर
उत्तर दिशा भनेको व्यापार(व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो। त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ। विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ। त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ। साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ।

उत्तर दिशासँग सम्बन्धित निम्न कुराहरूमा विशेष ख्याल राख्नुपर्दछ

-उच्चतम सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ।
-घरको उत्तर दिशातर्फ निर्माण कार्यलाई अलि कमै गर्दा ठीक हुन्छ। यदि तपाईँको घरको उत्तरतर्फ सदावहार निर्माण कार्य भैरहन्छ भन्ने जान्नुहोस् कि तपाईँको जीवनमा संवृद्धि छाउन सक्दैन।
-भाञ्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्दै नराख्नुहोस्।
-घरको भर्याङ पश्चिमतर्फ राख्नु उचित हुन्छ, उत्तर तर्फ भर्याङ राख्दा त्यसले जीवनमा आर्थिक गिरावटको सङ्केत गर्दछ।
-सुत्ने कोठा घरको उत्तर तर्फ नलगाउनुहोस् र सुत्दा पनि उत्तरतर्फ टाउको राखेर नसुत्नुहोस्।
४. दक्षिण
वास्तुशास्त्रीहरू दक्षिण दिशालाई अक्सर विवादास्पद तरिकाले हेर्ने गर्छन्। वास्तुशास्त्र मान्नेहरू पनि दक्षिण दिशा देखि डराउने गर्छन्। किनभने यो दिशा र मानवजातिको बीचमा समन्वय छ वा छैन भन्ने कुराको अझसम्म ठेट उत्तर पत्ता लाग्न सकेको छैन। उदाहरणकै लागि, मानौँ कसैले दक्षिण तर्फ मूल द्वार राखेर घर निर्माण गर्यो। निर्माणको केहि वर्षसम्म त उसको जीवनमा सफलताले बास गरिरहन्छ, तर केहि वर्षपश्चात उसको सफलता विफलतातर्फ गिर्दै जान्छ। त्यसैले वास्तुशास्त्रीहरू के सल्लाह दिन्छन् भने दक्षिण दिशालाई पालैपालो गरी प्रयोग गर्नुपर्छ।

दक्षिण दिशाको बारेमा जान्नुपर्ने कुराहरू

-घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ।
-घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ।
-भाञ्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ।
-घरको भर्याङ दक्षिण तर्फ राख्दा पनि कुनै फरक पर्दैन।
५. उत्तर-पूर्व
उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ। आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले पुरुष तथा महिलाहरूको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। त्यसैले

-घरको उत्तर-पूर्व दिशामा खुल्ला ठाउँ अथवा चउर बनाउनु सबैभन्दा उत्तम हुन्छ।
-घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।
-पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।
६. उत्तर-पश्चिम
परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ। व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर(पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले

नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन।
भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा नराखेकै राम्रो।
घरको निर्माण गर्दा उत्तर-पश्चिमदिशाबाट कहिल्यै पनि निर्माण सुरु गर्नुहुँदैन।
यदि घरको जमीनमुनि पानीको ट्याङ्की छ भने त्यसलाई पनि यो दिशामा नराख्नुहोला।
७. दक्षिण-पूर्व
तर्कसङ्गत र कारणसङ्गत सिद्धान्तलाई मान्ने व्यक्तिहरूको लागि दक्षिण-पुर्व दिशा उत्तम मानिन्छ।

यस दिशाको बारेमा निम्न कुराहरू जान्नु आवश्यक हुन्छ

भाञ्छा कोठालाई यो दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ।
विद्युतीय सामग्रीहरू जस्तैस टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण(पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।
चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्दै नराख्नुहोला।
८. दक्षिण-पश्चिम
उत्तर-पूर्व दिशा देवगणहरूको दिशा हो भने त्यसको ठीक उल्टो दक्षिण(पश्चिम दिशा राक्षसगणहरूको दिशा हो। त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन।

यदि तान्त्रिक शास्त्रको पाठ गर्नुहुन्छ भने त्यसको कोठालाई दक्षिण(पश्चिम दिशामा राख्नु उत्तम हुन्छ।
भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला।
सुत्दा टाउको पनि यो दिशामा नफर्काउनुहोला।
घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ।
वास्तुशास्त्रमा जान्नुपर्ने सबैभन्दा मूख्य तथा आधारभूत कुराहरू यहि नै हुन्। यी सामान्य तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर दैनिक काम गर्दा पक्कै पनि तपाईँको जीवनमा सकारात्मक ऊर्जाले पछ्याउनेछ। किनभने वास्तुशास्त्र अन्धविश्वास होइन, यो पनि विज्ञानकै एक अंश हो, जसले प्राकृतिक र भौतिक ऊर्जाको सम्बन्धलाई बुझाउँदछ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies