Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

लगानी उच्‍च जोखिममा रहेको यी ५१ कम्पनीको शेयर किन्‍नु भएको त छैन ?

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो ।

बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र  कारोवारमा बदमासी भएको र लगानी जोखिममा पर्न सक्ने ठहर गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार अध्ययन गरिएका कम्पनीको मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, विगत एक वर्षको अवधिमा ३०० प्रतिशत वा सो भन्दा बढी प्रतिशतले वृद्धि भएको पाइएको छ । बोर्डले आज ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमपूर्ण रहेको जनाएको हो ।

उनका अनुसार प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वित्तीय क्षमताको मूल्याकंन समेतका आधारमा जोखिमयुक्त देखिएको छ ।

लगानीकर्ताको विश्वासाले धितोपत्र बजारमा  रु २० अर्ब बराबरको कारोवार भएको छ । बजारको सिद्धान्त अनुसार धितोपत्र बजार सधै बढी रहने मात्रै नभई समय क्रममा घटबढ पनि हुने बोर्डको ठहर छ । यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु अत्यन्तै जोखिमपूर्ण हुने उल्लेख गर्दै बोर्डले सचेतता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ ।

धितोपत्रमा लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी जोखिम बहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानी गर्न बोर्डले पुनः सचेत गराएको छ ।

बोर्डले पछिल्ला दिनमा गरेको अध्ययनका आधारमा केही संगठित संस्थाको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङलगायतका तिधधितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत थप विश्लेषण भइरहेको जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अंकमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्ने लगानीकर्तालाई बोर्डले स्पष्ट शब्दमा सचेतता अपनाउन पुनः ध्यानकर्षण गराएको छ ।


पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि बोर्डले लगानीकर्तालाई सचेत गराएको प्रवक्ता गिरीले उल्लेख गरे ।

धितोपत्र बजारमा  शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण  गर्दैन । तर,  बजार लगातार उकालो लाग्दा धेरैलाई खुशी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुनै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक तीन हजार बिन्दुमा पुगेको छ ।

बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक  बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुनु पर्ने बोर्डको भनाइ छ ।

बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनी,  निर्जीवन र जीवन बीमा उपसमूहका १० कम्पनी, पर्यटन तथा होटल उपसममूहका दुई कम्पनी, चार फाइनान्स कम्पनी र दुई लघुवित्त हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टलगायत ५१ कम्पनीको शेयर मूल्यमा चलखेल भएको बोर्डको अध्ययनमा देखिएको छ ।

बोर्डका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । यस्तै, २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् ।

गत असारमा अनलाइन कारोवारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई छ लाख ६० हनार पुगेको छ । औसतमा छ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ  ।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ । रासस

लगानी उच्‍च जोखिममा रहेको भन्‍दै नेपाल धितोपत्र बोर्ड जारी गरेको सूचना

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा लागेको आगो अझैं नियन्त्रण बाहिर, सयौं घर जलेर नष्ट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं ६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । दिउँसाे २ बजेवाट सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेक...

पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

झपा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु...

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।  विपद व्यवस्थापन प...

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७००को मृत्यु हुन्छ

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै...

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ को दोस्रो चरणको पोस्टर सार्वजनिक

काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरले फिल्म ग्रामीण ...

सर्वोच्चले दियाे त्रिविका कानूनी सल्लाहकार खनाललाई तत्काल कुनै कारबाही नगर्न आदेश

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा ...

रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिय...

यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

पोखरा  । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष...

के-के भयो नेपाल र कतारबीच आठ बुँदे सम्झौता ?

काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता त...

डुंगा दुर्घटनामा परेर फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। अचानक आएको हावाहुरीको क...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies