Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भारतलाई खुशी पार्न ल्याइएको हाे, तराई मरुभूमि हुन्छ

गुरुराज घिमिरे

प्रधानमन्त्री ओलीले यो कार्यक्रम नेपालको स्वार्थको हितमा ल्याएका होइनन्। भारतीय स्वार्थको लागि ल्याइएको हो । उहाँले केही महिना यता राष्ट्रिय स्वार्थलाई होइन, विदेशी स्वार्थलाई मलजल गर्ने हिसावले काम गर्दै आउनुभएको छ । उहाँ नेपाली धरातलमा होइन, विदेशी इशार

देशका विद्यामान सम्पदाहरु हामीले दोहन गर्ने वा उपयोग गर्ने भन्ने मुख्य कुरा हो । पर्यावरणीय सन्तुलन कायम राखि राष्ट्रिय सम्पदा उपयोग गर्नुपर्ने हुन सक्छ । प्रकृतिक सम्पदा उपयोग गरेर नै देश विकास हुने हो । तर, वातावरणविद देखि यस क्षेत्रका सारा विज्ञ, अध्यता, अनुसन्धानकर्ता र पर्यावरणविदहरुले चुरेको दोहनले ३० देखि ३५ वर्षभित्र तराई पूर्णरुपले मरुभूमिमा परिणत हुने, उर्भराशक्ती समाप्त हुने र पानीको सतह पनि घट्दै जाने कुरा बारम्बार भन्दै आएका छन् । 

यसै विषयमा अध्ययन, अनुसन्धान र संरक्षण गर्न नेपाली कांग्रेसको पहलमा राष्ट्रपति चुरे संरक्षण समिति यस अघि नै गठन गरी अहिले क्रियाशिल रहेको छ । यस्तो अवस्थामा सरकारले व्यापार घाटा सन्तुलन गर्ने नाममा भारतलाई खुशी पार्न, भारतलाई नै लक्षित गरी ढुङ्गा–गिट्टी निकासी गर्न बजेटमा कार्यक्रम ल्याउनु खेदजनक छ । 

यो एकदमै हचुवा कार्यक्रम हो । देशको एउटा भाग मरुभूमिकरण हुने कुरा औल्याउँदा औंल्याउँदै यस्तो कार्यक्रम ल्याउनु गलत हो । हामीले देशको विकास वा वैदेशीक घाटा घटाउने नाममा दुरगामी प्रभाव पार्ने कार्यक्रम सरकारले ल्याउनु उपर्युक्त थिएन । 

प्रधानमन्त्री ओलीले यो कार्यक्रम नेपालको स्वार्थको हितमा ल्याएका होइनन्। भारतीय स्वार्थको लागि ल्याइएको हो । उहाँले केही महिना यता राष्ट्रिय स्वार्थलाई होइन, विदेशी स्वार्थलाई मलजल गर्ने हिसावले काम गर्दै आउनुभएको छ । उहाँ नेपाली धरातलमा होइन, विदेशी इशारामा परिचालित हुनुहुन्छ । आफ्नो विवेकले उहाँ चल्नु भएको छैन । उहाँको नियत के छ भन्ने कुरा नेपालको सार्वभौम संसदबाट नक्सा पास भइसकेको कालापानी क्षेत्रमा जनगणना गर्ने आँट छैन, अनि चुरेको वालुवा र गिट्टी निकासी गर्ने यो कसको स्वार्थको लागि गरिहनु भएको छ ? भारतको स्वार्थमा आफ्नो सत्ता लम्ब्याउन उहाँ जे पनि गर्न तयार हुनुहुन्छ । 

व्यापार घाटा कम गर्ने नाममा जुन कार्यक्रम ल्याएको छ, त्यो देशको हितमा छैन । यहाँ कामचलाउ मात्रै होइन, पूर्णकालिन सरकार भएता पनि संसद, पर्यावरणीयविद, स्थानीय सरकार, आम नागरिकबीचमा व्यापक छलफल र अनुसन्धानविना काम गर्न पाउँदैन । यो आजसम्म कसैले पनि नगरेको कुरा काम चलाउ हैसियतको सरकारले गर्न खोज्दै छ । सरकारले राष्ट्रको भविष्यनै खेलवाड हुने गरी कार्यक्रम ल्याएको छ । यसको दुरगामी प्रभाव पर्छ । 

यद्यपी राष्ट्रिय सहमति भएपनि राष्ट्रलाई अहित हुने कुनै कदम चाल्न पाइदैन । त्यसैले यो कार्यक्रम हामी कुनै पनि हालतमा लागू हुन दिदैनौं । संसद पुर्नस्थापना भयो वा कथमकदाचित देश चुनावमा गयो भने पनि नयाँ संसदले यसलाई खारेज गर्छ । त्यसैले यो कार्यान्वयनै हुँदैन । 

(गुरुराज घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies