Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पल्स र अक्सिजनको मात्रा नाप्ने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ

कालोबजारी

खबरडबली संवाददाता

काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका–५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका–६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङजा पंचमुल गाउँपालिका–६ घर भएका नानोटेक फर्मा  थापाथलीका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौं भिमसेनगोला बस्ने सुनसरी ईनरुवा नगरपालिका–६ घर भएका चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, काठमाडौं अनामनगर बस्ने मोरङ बिराटनगर महानगरपालिका–२ घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय बिशाल आचार्य, काठमाडौं बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र
काठमाडौं ढुङगेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।

अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरुले सर्वसाधरण नागरिकहरुलाई बजार मूल्य भन्दा बढी मूल्य लिई अक्सिमिटर खरिद ब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरेको हो । उक्त अक्सिमिटर बरामद भएपश्चात तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमखु जिल्ला अधिकारी, औषधि व्यवस्था बिभाग, बाणिज्य बिभाग र प्रहरी समेतको संयुक्त टोलीको सहभागितामा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२८ बस्ने मोरङ बिराटनगर महानगरपालिका–२ तिनपैनी घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा काम गर्ने ४४ वर्षीय बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाई उक्त अक्सिमिटर ल्याएको तथा बजार मूल्य ७ सय पर्ने उक्त अक्सिमिटरहरु २ हजार २ सय २० रुपैयाँसम्म अधिक मुल्यमा उनीहरुले बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies