Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संक्रमितलाई अस्पतालले उपचार नगरी फर्कायो : घरमा बस्‍ने ठाउँ छैन, जङ्गलमा बास

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन शश्यामा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् । 

सिंजा गाउपालिका–२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् ।  घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ  पुर्‍याएको थियो । अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उनले आक्रोस पोखे । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उनले बताए । उनले भने,'प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।' त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उहाँले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गरे । 

सिंजा–२ का वडाध्यक्ष नविन शर्माले भने ' हामीले कोरोनाको शंका मानेर  प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ । बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ ।' उनले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताए । गाउँपालिकामा पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए । उनले भने, 'सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो । पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो ।' 

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए । उनले भने, 'लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।'

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेको छ ।  सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो  । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो ।  आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसँग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरुसँग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताए । अधिकृत शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताए । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिए । गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको  गाउँपालिकाले जनाएको छ ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

खोकना खण्डको विवादले अड्कियो द्रुतमार्ग

काठमाडौं  । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको काठमाडौं–तराईरमधेश द्रुतमार्गमा ६४.४७७ किमिमा ठेक्का व्यवस्थापन भए पनि ललितपुरको खोकना खण्डको विवाद...

भारतमा नेपाली चियाको निर्यात बन्द, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

झापा  । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बत...

दलीय स्वार्थको दलदलमा प्रदेश सरकार

काठमाडौं ।  कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गर...

गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा करोडौंको क्षति

गुल्मी। गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ। शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर...

भत्किए छाउगोठ, भत्किएन छाउपडी प्रथा

अछाम । चार वर्षअघि छाउगोठ भत्काउने अभियान चलेका बेला ढकारी गाउँपालिका–५ की कल्पना (नाम परिवर्तन) अचेल नयाँ गोठमा बस्छिन् । ‘कानुनको डरले अभियान चलेका ...

कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो !

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ ए...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलि...

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ ।  बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा श्का...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies