Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ओली मुलुकलाई दुर्घटनामा लैजाने मुडमा छन्, प्रतिवाद गर्नुपर्छ 

देवेन्द्र पौडेल

प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।

प्रधानमन्त्री ओली विधि, पद्धति, संविधानलाई सिध्याउने हिसावमा जादै हुनुहुन्छ । यस्तो महामारीको समयमा ओलीले प्रतिपक्ष लगायत अन्य दललाई पनि संगै लिएर जानु पथ्र्यो  । त्यसको विपरीत उहाँ दल फुटाउने, नचाहिदो उपद्रो गर्ने, पार्टी, सिद्धान्तलाई ध्वस्त गर्ने, मुलुकमा अराजकता सिर्जना गरी सत्ता कब्जा गर्ने मिसनमा हुनुहुन्छ । उहाँले बोलाएको संसदको विशेष अधिवेशनले मुलुकलाई निकास दिने होइन कुनै अप्रिय निर्णय लिन बोलाएको हुन सक्छ । 

यस्तो गम्भिर अवस्थामा एमाले भित्र माधव समूहको भूमिका कस्तो रहन्छ भन्ने अनुमान गर्न नसकिए पनि प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी र जसपा यी तीन दल एक ठाउँमा उभिएर संस्थागत निर्णय गर्ने हो भने गणितीय हिसाबले अझै सहज छ । प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।

प्रधानमन्त्री ओली चुनावबाट मुलुकलाई सहज निकास दिन होइन । उहाँको भित्री चाहना सत्ता लम्ब्याउने, षड्यन्त्र गर्ने, दलहरुलाई फुटाउने जस्ता अशोभनीय क्रियाकलापमा तल्लिन छन् । त्यसको लागि उहाँलाई सत्ता चाहिएको छ । त्यसैलाई बचाउन उहाँ विभिन्न तानबाना बुनिरहनुभएको छ । कसैले विशेष अधिवेशन माग नगरेको बेलामा एकाएक विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन्छु भन्नुको भित्रि उदेश्य सकेसम्म उनको आफ्नै सरकारलाई निरन्तरता दिने नसके आफु अनुकुल राष्ट्रपतिलाई प्रयोग गरेर कुनै अप्रिय निर्णय लिने रणनीतिमा उहाँ भएको प्रष्ट हुन्छ ।

यो संकटपूर्ण निर्णायक घडिमा अरुलाई दोष दिएर होइन अब प्रतिपक्षमा रहेका दलहरुले गम्भिर समिक्षा गरेर जनतामा देखिएको वितृष्णा समेतलाई ध्यान दिएर दलहरुले मुलुकलाई एउटा निकास दिनुपर्छ ।

प्रधनमन्त्रीको अहिलेको षड्यन्त्रपूर्ण चालबाजी हेर्दा उहाँ देशमा अस्थिरता मच्चाएर संकटकाल लगाउने, संविधान, संघीयता, संवैधानिक अंगहरुलाई समाप्त पार्ने कुनै अप्रिय निर्णय लिन उद्धत देखिन्छन् ।  त्यसमा प्रतिपक्षमा रहेका सबै दलहरु सचेत हुनु जरुरी छ । 

(पौडेल नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies