Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ र यसरि प्रत्येक ३०/३० डिग्रीको राशीको अंश हुन आउँछ । यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ । यी राशीहरू क्रमले मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन हुन् । ज्योतिष शास्त्रको माध्यमले हामीले जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण र विभिन्न समस्याहरूको समाधानका उपायहरूलाई नियाल्ने प्रयास गर्दछ ।

वार्षिक राशिफल जन्म राशि (जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ) त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको घटनाहरूलाई विश्लेषण गरि एकवर्षसम्म हुनसक्ने मुख्य घटनाहरूको अनुमान गरिन्छ । वार्षिक लग्नको लागि सबैभन्दा पहले मन्द गतिले हिड्ने ग्रहहरूको फलको का विचार गर्ने गरिन्छ । जसमध्ये शनि ग्रहले हाम्रो जीवनका साना ठुला सबैप्रकारमा घटनालाई हेर्ने गर्दछ । कहिले मार्गी र कहिले बक्री हुँदै शनिग्रह एउटा राशिमा लगभग अढाई वर्षसम्म रहन्छ र एउटा राशिमा लगभग एक वर्षसम्म रहने वृहस्पतिको प्रभावलेपनि जीवनको अनेकन मुख्य घटनाहरूलाई विचार गरिएको हुन्छ । यसका साथै वार्षिक राशिफल हेर्न चन्द्रबाट अरू ग्रह हरूको स्थितिलाई विचार गरेर फलादेश गर्ने गरिन्छ । यीनै ग्रह गोचरका आधारमा तयार पारिएको यो वर्ष तपाईंको लागि कस्तो रहने छ त ?

मेष

२०७८ सालमा मेष राशि हुनेहरूका लागि शुभदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । वैदेशिक यात्रा हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु परेपनी त्यति राम्रो नहुने र ऋण बढ्न सक्छ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयरबजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनसक्छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन महिना बलियो रहनेछ भने जेठ, भाद्र र पुष महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । जेठ र मंसिर महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

शिक्षा
यो वर्ष अध्यन र अध्यापनको लागि राम्रो रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । स्वस्थ, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् ।

पेशा/रोजगार
स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।

स्वास्थ्य
साना तिना चोट- पटकको भय रहनेछ । घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । वायुविकार तथा हड्डीको समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।

शुभ रङ्ग
गुलाबी, पर्पल, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ७, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
वृद्धजनलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । शनिवार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येकदिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

वृष

यो वर्ष वृष राशि भएका व्याक्तिहरूका लागि सामान्य रहनेछ । शनि, राहु र गुरुले त्यति साथ नदिन सक्छ, त्यसैले ठूलो महत्त्वकाङ्क्षा नलीनू र धैर्य गर्नु नै उपयुक्त हुनेछ, तर जन्म कुण्डलीमा ग्रह बलियो छभने शुभफल मिल्नेछ । कात्तिक पछि भने समय अनुकूल रहने र अधूरा कामहरू पूरा हुनेछन् । सामाजिक र राजनैतिक कार्यमा मन जानेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ र मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभलिन नसकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछभने वर्षको उत्तरार्धमा निर्माण र पर्यटकीय क्षेत्रको लगानी फलदाई हुनेछ । वाहन तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला । शेयरबजारमा लगानी गर्नेहरू चैं सचेत रहनुपर्छ । बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजक रहनु होला । आर्थिक दृष्टिकोणले साउन, कार्तिक, र फाल्गुन महिना शुभ रहनेछन् ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्धमा पारिवारिक उल्झन आउन सक्छ । प्रेमीजोडीमा मतभेद बढ्न सक्छ अत: प्रेम जीवनमा समस्या आउनसक्छ, त्यसैले विचार गरेर मात्र सम्बन्धलाई अगाडी बढाउनु पर्नेछ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरू पनि सिर्जना हुनसक्छ । साउन महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । आफन्त, दाजुभाई तथा घर-परिवार सँगको विवाद भने समाप्त हुनेछ ।

शिक्षा
वर्षको सुरुमा शैक्षिकक्षेत्र त्यति राम्रो नरहला मङ्सिरबाट भने सफलता मिल्नेछ । आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थान, टेक्निकल र भाषाका विद्यार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिकक्षेत्रबाट साउन र मंसिर महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
नयाँ कार्यको सुरुवात गर्नुभन्दा पहिले धेरै कुराको हेक्का राख्नु पर्नेछ । संयुक्तरुपमा गरिएको लगानि फलदायी नहुन सक्छ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । पत्रकारिता, चालक र पहिरन पेसामा आवद्ध व्यक्तिहररूलाई अधिक सफलता मिल्नेछ । तर यो बर्ष बैदेशिक रोजगारीको लागि भने त्यति राम्रोहुने देखिन्न ।

स्वास्थ्य
यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ र खानपिनमा पनि विचार पुर्याउनु आवस्यक छ । शरीरले दु:ख पाउने र घर परिवारको स्वाथ्यमा थप खर्च बढ्नेछ । नसा तथा धातुमा मस्यापनि बढ्न सक्छ, त्यसैले स्वास्थ्य प्रति सचेत रहनु होला ।

शुभ रङ्ग
सेतो, निलो, खरानी, र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक सोमवार शिवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिकोलागि दैनिक रोगीलाई सेवा गर्ने र आफ्नो पितृ देवताको स्मरण गर्नाले राम्रो हुनेछ । सोमवार वृक्षारोपण गर्नाले ग्रहवाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्नाले पनि चाडै सफलता पाईनेछ ।

मिथुन

मिथुन राशिका जातकका लागि समग्रमा २०७८ साल शुभफलदायी रहनेछ । बृहस्पतिको प्रभावले वर्षभरी नै दशमस्थान बस्ने हुँदा भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ । शनि ग्रह कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आरोपप्रत्यारोप, धनहानी, कार्यमा ढीलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्नेछ ।

व्यापार/व्यवसाय
वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । स्वास्थ्य व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ, तर शेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । श्रावण र कार्तिक महिनामा हानी हुनेछ भने भाद्र र मंसिर महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसँगका लागि सामान्य रहेकोछ अतःप्रेममा सफलता प्राप्तगर्न धैर्य र सत्यताको आवस्यक पर्दछ । कसै कसैले जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षा
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । विज्ञान र कृषी विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर असार र चैत्र महिनामा विद्या र बुद्धिमा ह्रास आउनसक्छ ।

पेशा/रोजगार
नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट ख्याति कमाउन सकिनेछ ।

स्वास्थ्य
रक्तसंचारमा र वायु विकारले समस्यामा पार्न सक्छ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ ।

शुभ रङ्ग

हरियो, रातो, सेतो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार शिवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । निमुखा प्राणीलाई खानेकुरा दिने र मान्यजनको आशिर्वाद लिनाले राम्रो हुनेछ । भैरवजीको दर्शन / पूजागरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

कर्कट

कर्कट राशि भएका व्याक्तिहरू का लागि २०७८ साल मिश्रित फलदायी रहनेछ । बृहस्पति, शनि र केतुको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल नमिल्नसक्छ र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ, तर नयाँ कार्य प्राप्ति र मानसम्मान र पद प्रतिष्ठा प्राप्त हुनेछ । यदि जन्म कुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानीको अवसर र नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगनीले पनि सफलता दिलाउनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । नगद सापटी पनि नगरेकै राम्रो हुनेछ । व्यवसायीक दृष्टिले जेठ, असोज र माघ महिना फलदायी हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केहि अफ्ठ्यारा परिस्थितीको सामना गर्नु पर्ला ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ । गणित र स्वास्थ्य विषयका विद्यार्थीहरूलाई पढाई-लेखाईमा बाधा आउनसक्छ । ईन्जीनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । साउन र चैत्र महिनामा रोकिएको परीक्षा सजिलै उत्तीर्ण गर्न सकिनेछ ।

पेशा/रोजगार
जागिरे हरूलाई सरुवा र बडुवा हुन सक्छ । बैदेशिक रोजगारमा लागेकालाई पनि राम्रै हुनेछ, तर सामूहिक व्यवसायमा खासै राम्रो हुनेछैन । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता जनाउन सक्छन् ।

स्वास्थ्य
यो वर्षमा धातु तथा रगतसँग सम्बन्धित समस्या हुनसक्छ । घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । हड्डीको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।

शुभ रङ्ग
सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क

१, २, ४, ५ र ६ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक विहीवार विष्णुभगवानको उपासना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । विहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक शुभफल र सफलता मिल्नेछ ।

सिंह

सिंह राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै बृहस्पति र राहुको प्रभावले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । घर परिवरमा मांगलिक कार्यको आयोजना हुनेछ । तपाईंको राशिबाट बृहस्पति सातौं भावमा रहनाले नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले यो वर्ष निकै राम्रो रहनसक्छ । इलेक्ट्रोनिक र शैक्षिकक्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ, तर जग्गाजमीनको काममा भने विवाद बढ्न सक्छ । बैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने त्यति राम्रो नहोला । आर्थिक दृष्टिले जेठ, कार्तिक र माघ महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्ध
प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन् , तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँगको सम्बन्ध सुल्झन पनि सक्छ ।

शिक्षा

शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाईनेछ । पढाई-लेखईको लागि विदेश जाने योग पनि छ । चिकित्सा र आई. टी.का विद्यार्थीहरूलाई पढाई-लेखईमा बढी सफलता मिल्ने देखिन्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेकोछ । वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला ।

स्वास्थ्य
स्वास्थ्यको दृष्टिकोणले वर्षको सुरुमा चोटपटक र अस्पताल सम्मको यात्रा गर्नुपर्ला । घरपरिवारको स्वास्थयमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
सेतो, रातो, खैरो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार गणेशजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक मंगलबार गणेशजीलाई सिन्दूर चढाउनाले र असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कमहुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि गणेशजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

कन्या

कन्या राशि हुनेहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । बृहस्पति र राहुको गोचरले चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउनसक्छ , तर केतुको प्रभावले धनलाभ र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । घरपरिवारमा माङ्गलिक कार्य पनि आयोजना हुनेछ, अत: मिश्रित फल पाईनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । पहिरन, स्टेशनरी, प्रेस, तथा स्वस्थय व्यवसायीलाई राम्रो फाईदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धन कसीलो हुने र प्रेम सम्बन्ध विवाहमा परिणत समेत हुन सक्छ, तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मन मुटाव समेत बढ्न सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ ।

शिक्षा
वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, मध्यमा सामान्य र मंसिर महिनाबाट राम्रो हुनेछ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । आई. टी. र गणित विषयका विद्यार्थीरुले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून, कृषि र वाणिज्य विषयका विद्यार्थीरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँठाउँमा लगानीको अवसर मिल्नेछ र नयाँ कार्यको थालनी पनि हुनेछ । सरकारी जागिरेलाई सरुवा र बडुवाको योग छ । रोजगाकालागि विदेश जानेहरूका लागि राम्रो छ । स्वास्थ्य तथा समाजसेवा तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य
हृदय तथा मानशीक समस्या आउनसक्छ । अनुहारमा तथा छाला संग सम्बन्धि समस्या पनि बढ्ला र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ ।

शुभ रङ्ग
रातो, हरियो, खैरो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ४, र ५ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पिडाबाट बच्न र आफ्नो भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहिवार विष्णु भगवानको दर्शन / पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहिवार निमुखा पशु पक्षीलाई खानेकुरा दिने र दिनदुखीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहिवार कै दिन केराको वृक्षारोपण र पूजन गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

तुला

तुला राशि हुनेहरूका लागि २०७८ साल मध्यम रहनेछ । देवगुरु वृहस्पतिले शुभ फल दिनेछ । यसको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ, तर अढैया शनि, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानशीक चिन्ता र ईज्जत प्रतिष्ठामा ह्रास आउनसक्छ । जन्म कुण्डलीमा शनि राम्रो हुनेहरूलाई भने वैदेशिक कार्यबाट राम्रो सफलता मिल्नेछ ।

व्यापार/व्यवसाय
तुला राशिकोलागि यो बर्ष आर्थिक हिसावले सामान्य उतारचडाव रहन सक्छ । शैक्षिक तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । आर्थिक दृष्टिले साउन, भाद्र, असोज र चैत्र महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध

प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । आफन्त र नजीकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अत्यामा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेकोछ ।

शिक्षा
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्याक लागेका विद्यार्थीरुले सम्बन्धित विषयमा उत्तीर्ण गर्न सक्छन् । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा बिदेश जानेले पनि राम्रो सफलता पाउनेछन् ।

पेशा/रोजगार
वृहस्पतिको कारणले नयाँ जागीर वा रोजगारको अवसरले पछ्याउनेछ । वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ । सरुवा र बडुवाको सम्भावना पनि प्रवल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी भने हुनसक्छ ।

स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेकोछ । हात गोडामा चोटलाग्न सक्छ । नासा तथा ग्यासटिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवस्यक छ ।

शुभ रङ्ग
सेतो, खैरो, पहेँलो, गुलाबी र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक शुक्रबार दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपाल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

वृश्चिक

वृश्चिक राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शनिग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । मनमा चिन्ता बढे पनि मान सम्मान पाईनेछ ।

व्यापार/व्यवसाय
व्यापारीक दृष्टिले यो वर्ष सोचे अनुसार राम्रै रहनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पशु, कृषि, घरजग्गा, शृंगार र शेयरबजारबाट सफलता मिल्नेछ । तरल पदार्थ र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसँगका लागि मध्यम नै रहनेछ साथै दाम्पत्य जीवनमा पनि माध्यम नै रहनेछ । टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । असोज र माघ महिनामा प्रेम प्रस्ताव आउनसक्छ, साथै प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो हुनेछ, तर उत्तरार्धमा रिजल्ट त्यति अनुकुल नहोला । ईन्जीनियरिङ्ग तथा आई. टी. विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि संघर्ष गर्नु पर्ला ।

पेशा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला अएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । सवन महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले सजकता अपनाउनु पर्नेछ, अन्यथा कानूनी झमेला आउन सक्छ र राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्य
वायुविकार, आँखा र टाउकोको समस्या बढ्न सक्छ र दिर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । आफन्त र घरपरिवारका लागि स्वाथ्य उपचारमा खर्च पनि बढ्नेछ ।

शुभ रङ्ग
रातो, गुलाबी, निलो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न विष्णु भगवानको दर्शन, पूजा र आरधना गर्नाले राम्रो हुन्छ । विहिवार वा अन्यदिनमा भएपनि केराको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

धनु

धनु राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । राहु ग्रहले सकारात्मक फल दिनेछ, सुख सुबिधामा बढोत्तरी हुने र न्यायीक कार्यमा सफलता मिल्नेछ भने शनिको साढेसातीको प्रभावले झुटा आरोप प्रत्यारोप, चोटपटकको भय, सम्पत्तीमा बिवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । वृहस्पति पनि प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायमा मानसिक चिन्ता बढेपनि लाभ नै मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयरबजारको लगानी निकै राम्रो रहन सक्छ । हार्डवेयर र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाईनेछ । खाद्य पदार्थको लगानीबाट त्यति फलदाई नहोला । आर्थिक दृष्टिले जेठ, असोज , कार्तिक र फाल्गुन माहिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवस्यक रहेको छ, नत्र चाँडो निर्णय लिने र फूर्सदमा पछुताउनु पर्ला । विपरीत वर्गप्रती आकर्षण पनि बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवरबाट टाढा हुनु पर्नेछ ।

शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क हाँसिल गर्न सक्छन् । व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । कृषि र वाणिज्य विषयभने कमजोर रहन सक्छ ।

पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहीनेत र सङ्घर्ष गर्नु परेपनि नयाँ रोजगार पाईने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ ।

स्वास्थ्य
आफ्नै सानो हेल चेकराईंका कारणले ठुलो नोक्सानी बेहर्नु पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
पहेँलो, कालो, रातो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ४, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न शुक्रवार लक्ष्मीजीको दर्शन / पूजा गरे चाँडै सफलता पाईनेछ । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

मकर

मकर राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदाई रहनेछ । बृहस्पति र केतुको अनुकूलताले यश, कृति, लाभ, विजय, वाक्सिद्ध हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लागायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष एजेन्ट, जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत विमा र बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले असार,कात्तिक र मंसिर महिनामा बढी फलदाई हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ । पूराना र टाढीएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि मायाँ एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ, अन्यथा जूनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।

शिक्षा
विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । शिक्षको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न । मेजर विषय भाषाहुने विद्यार्थीहरू पनि कमजोर हुनसक्छन् ।

पेसा/रोजगार
यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, प्राविधिक, तथा मनोरञ्जन पेसामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषीको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा साबधानि र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । हड्डी तथा रक्त संचारमा पनि सामान्य समस्या आउन सक्छ ।

शुभ रङ्ग

नीलो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ६, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । असहायलाई खुसि पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

कुम्भ

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरू सामान्य रहनेछ । घरमा शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका वैदेशिक क्षेत्रका कमहरू सहजै अघि बढ्नेछ । शनिको आद्य साढेसाति, राहु, र वृहस्पतिको प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सकछ, तर जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।

व्यापार/व्यवसाय
यो वर्ष कुम्भ राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । प्राविधिक, फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र बढी राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसेनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र पुष महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
यसपाली प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिनसक्छन् , अत: नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । तर जन्मकुण्डलीमा सप्तम भावको पोजीसन राम्रो आफ्नो अनुकूलताको शुभ फल पाईनेछ ।

शिक्षा
अध्ययन र अध्यापनमा रूचि बढ्नेछ । वीवेक र बुद्धिको विकाश हुँदै जानेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ सस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाईने र अपजस खेप्नु पर्ला । असोज महिनामा कमहरू अधुरै रहन सक्छन् । आफ्नो पेसाबाट राम्रो फाईदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् ।

स्वास्थ्य
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । रक्त विकार र चोटपटकको भय पनि उत्तिकै रहनेछ । ग्यासटिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा ध्यान दिनु र व्यायाम गर्नु हितकर हुन्छ ।

शुभ रङ्ग
कालो, पर्पल, खैरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजी र शनिवार र हनुमानजीको उपवास, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कमभई अधिक सफलता मिल्नेछ र सत्कर्म गर्नेहरूलाई पनि भाग्यमा वृद्धि हुनेछ ।

मीन

मीन राशि हुनेहरूकालागि २०७८ साल शुभदायी नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ । बृहस्पति र केतुको कारणले गरेको कार्यमा ढिलासुस्ती हुने र बुद्धि पनि कमजोर रहनेछ, यदि जन्म कुण्डलीमा बृहस्पति उच्च, स्वगृह, मित्रगृह भए शुभफल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोबार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य तथा हार्डवेयरको व्यवसाय फस्टाउनेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाईनेछ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख र असोज महिनामा हानी हुनेछ भने जेठ, भाद्र र माघ महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध

सम्बन्ध सामान्य नै रहनेछ । वर्षको पूर्वार्धमा प्रेम प्रसँगमा नपरेकै राम्रो हुनेछ, अत: बिवाद बढ्न सक्छ । वर्षको उत्तरार्धमा भने प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव बढ्नसक्छ ।

शिक्षा

यो वर्ष विशेषगरि कला, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधूरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूलेभने अलि बढी मिहनेत र संघर्ष गर्नु पर्ला । शैक्षिकक्षेत्रबाट असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ भने नयाँ कार्य, पद र प्रतिष्ठा समेत पाईनेछ । प्रतिश्पर्धिरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । कलाकारिता र प्राविधिक पेसामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ । वैदेशिक रोजगारमा जानेहरू लाई भने त्यति राम्रो हुनेछैन ।

स्वास्थ्य
यो वर्ष रक्तचाप र हृदय, नशा र हड्डीको समस्या पनि बढ्न सक्छ । अत: स्वस्थप्रति सजक रहनु होला । छाला तथा प्रजनन समस्या हल हुनेछ ।

शुभ रङ्ग
पहेँलो, निलो, खौरो, कालो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
भगवान श्रीकृष्ण र लक्ष्मीजीको दर्शन, पूजा, आरधना, पाठ गरनाले राम्रो हुनेछ । केतु र वृहस्पतिको शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies