/  Thu, January 19, 2017

दैनिक राशीफल

अन्‍नपूर्ण पोस्ट् | Nepal's leading news portal MENU

राशिफल

Advertisement Space

927 x 120

Contact: 9841 00 00 00

बिहीबार, माघ ६, २०७३

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । शैक्षिक कार्य सफल रहनेछ ।

  • वृष इ उ ए ओ वा वी वु वे वो

    सामाजिक अपवाद लाग्न सक्छ । भूमि, वाहनको हानि हुन सक्छ । मातापिताको सहयोगले रोजगारी प्राप्त हुनेछ ।

  • मिथुन का कि कु घ ङ छ के को हा

    व्यापार-व्यवसायमा आंशिक सुधार आउनेछ । सामाजिक कार्यको सुरुवात हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रु बढ्नेछन् ।

  • कर्कट ही हु हे हो डा डि डु डे डो

    शृंगारिक व्यवसाय शुभ रहनेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ होला । आफन्तले सहयोग गर्नेछन् ।

  • सिंह मा मि मू मे मो टा टी टु टे

    दैनिक कार्यमा बाधा उत्पत्र हुनेछ । आयआर्जन प्रभावित रहनेछन् । अध्ययनमा मन जानेछैन । राजनीतिक मनमुटाव बढ्नेछ ।

  • कन्या टो प पी पु ष ण ठ पे मो

    नवीन कार्यको सुरुवात हुनेछ । टाढिएका मित्रसँग भेट हुनेछ । कान्ति क्षय हुनेछ । चिन्ता बढ्नेछ । लामो यात्रा नगर्नु होला ।    

  • तुला र री रु रे रो ता ती तू ते

    बौद्धिक कार्य हुनेछन् । राष्ट्रिय भावनाको विकास हुनेछ । मित्रसँगको सम्बन्धमा अल्झन आउन सक्छ । प्रतिशोध बढ्नेछ ।

  • वृश्चिक तो ना नी नू ने नो या यि यु

    आफन्तको सहयोग प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । लेनदेनमा विवाद बढ्न सक्छ । शारीरिक चन्चलता रहनेछ ।

  • धनु य यो भा भी भू ध फा ढ भे

    शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । शत्रु परास्त हुनेछन् । चोटपटक लाग्न सक्छ ।

  • मकर जो जा जी खी खू खे खो गा गी

    बोलीको प्रभाव बढ्नेछ । आत्मविश्वास बढ्नेछ । विद्या प्राप्ति हुनेछ । पदप्रतिष्ठामा वृद्धि हुनेछ । निर्णायक क्षमता बढ्नेछ ।

  • कुम्भ गू गे गो सा सी सु से सो द

    शारीरिक परिश्रम गर्नुपर्ला । दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । आकस्मिक धनलाभ हुनेछ । मन प्रसन्न रहनेछ । यात्रा हुनेछ ।

  • मीन दि दू थ भ ञ दे दो चा ची

    अध्ययनमा आंशिक सुधार हुनेछ । पारिवारिक खर्च बढ्नेछ । वैदेशिक यात्रा हुन सक्छ । मन अशान्त रहनेछ । रोजगारी प्राप्त होला ।

Top