Khabar Dabali Logo
  June 3, Wed

परराष्ट्र मन्त्रालयले जारी गरेको जस्तो खुद्रे वक्तव्यले समस्या हल हुँदैन

  • कात्तिक २२ गते, २०७६ - १३:४६
  • Uncategorized

परराष्ट्र मामिला र सीमाको विषयमा राज्यको तर्फबाट जुन किसिमको गृहकार्य हुनपर्ने हो त्यसमा नेपाल सरकार चिप्लीएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सीमा रक्षाको विषयमा एउटै राष्ट्रिय नीति हुनुपर्नेमा यहाँ हरेक नेताका आ–आफ्नै स्वार्थ जोडियो । यसो हुँदा भारत वा अन्य मुलुकले बार्गेनिङ वा पोजिसन सिर्जना गर्छन् ।

नेपाल कहिल्यै कसैको उपनिवेश भएन । राष्ट्रभक्तिको मामिलामा नेपाली जनतामा जति संवेदनशील, चासो र चिन्ता रहेको छ, बिडम्बना त्यो भावना सरकारमा प्रतिबिम्ब हुन सकेको छैन । नेपाली भूमी, सीमाको विषयमा यो सरकारमात्र होइन अघिल्लो सरकारले पनि झारा टार्ने काम मात्र गरेका छन् ।

केहि महिना अघि हामी कैलाली पुग्दा, त्यहाँको सयौं बिगाह जमिनको लालपुर्जा नेपालीसँग भएपनि खेती भारतीय पक्षले गरिरहेको देख्यौं । त्यहाँका स्थानीय जनताहरु पीडित छन् । त्यसलाई सरकारले तदारुकताको साथ हल गर्नु पथ्र्यो त्यसो गरेको पाइएन । आफ्नो मिचिएको भूमी, सीमा विवादकोबारेमा दुईपक्षीय सरकारबीच हुनु पर्दैन ?

भारतले बदलिदो परिवेशमा के बुझ्न जरुरी छ भने कुनै एक अमुक नेतालाई काखी च्यापेको भरमा दुईपक्षीय सम्बन्ध राम्रो हुँदैन । भारतले नेपाली जनताको विश्वास जित्नु पथ्र्यो । विशाल भूमी भएको भारतले नेपालका केहि सीमा मिचेर नेपाली जनताको भावनामा ठेस पुर्याउने खेल गरिरहेको छ यो एकदमै गलत शैली देखिन्छ । भारतीय संस्थापन पक्षको यो नीति नितान्त गलत छ । 

भारतपक्षले लगातार सीमा मिचिरहेका छन् । त्यो भारतको बलमिचाई हो । नेपाल भारतबीचको जुन सदियौंदेखिको सम्बन्ध छ । सम्बन्धलाई माथि पुर्याउनु पर्नेमा, झन सम्बन्ध बिग्रिदै गएको छ ।

भारतले बदलिदो परिवेशमा के बुझ्न जरुरी छ भने कुनै एक अमुक नेतालाई काखी च्यापेको भरमा दुईपक्षीय सम्बन्ध राम्रो हुँदैन । भारतले नेपाली जनताको विश्वास जित्नु पथ्र्यो । विशाल भूमी भएको भारतले नेपालका केहि सीमा मिचेर नेपाली जनताको भावनामा ठेस पुर्याउने खेल गरिरहेको छ यो एकदमै गलत शैली देखिन्छ । भारतीय संस्थापन पक्षको यो नीति नितान्त गलत छ । यस विषयमा भारतले पनि गम्भिरताको साथ बुझ्नुपर्छ । कुनै एक नेतालाई व्यवस्थापन गरेको आधारमामात्र नेपाल–भारत सम्बन्ध राम्रो हुँदैन ।

नेपाल तर्फबाट पनि सरकार, पार्टी र नेताको तहबाट सीमा विवाद हल गर्नुपर्छ । सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको जस्तो खुद्रे बक्तव्यले हुँदैन । संवेदनशील बिषयमा तत्काल भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण सोध्नुपर्छ । हाम्रो राज्यसंयन्त्र सीमा मिचिएको विषयमा जुन तहमा संवेदनशील हुनुपथ्र्यो, नागरिकहरुको भावनालाई राज्यले मुखरित गर्नुपथ्र्यो त्यो नभएको अवस्था हो ।

सरकारकै कमजोरीका कारण छिमेकिको हेपाइ र चेपाइ पटकपटक खेप्दै आएका छौं । सीमा अधिक्रमणको विषयमा आमरुपमा मिडिया, जनता जसरी जागरुक भएर आएका छन्, यसमा हाम्रो पार्टीको पूर्ण समर्थन रहेको छ । हाम्रो पार्टी सरकार र अन्य पार्टीलाई एक ठाउँमा उभिएर भारतको मिचाह प्रवृत्ति विरुद्ध एक हुन आवहान गर्दछ ।

(विकास तथा पूर्वाधार विद् आचार्य साझा पार्टीका प्रवक्ता हुन्)

कात्तिक २२ गते, २०७६ - १३:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top