Khabar Dabali Logo
  June 3, Wed

सरकारले निकालेको ‘लुते’ विज्ञप्तीले राष्ट्रियता बाच्दैंन, तत्काल प्रतिवाद गर्नुपर्छ

  • कात्तिक २२ गते, २०७६ - १३:३९
  • Uncategorized

भारतले पहिलेदेखि नै सीमा क्षेत्रमा आफैँ विवाद गराउने र अधिक्रमण गर्दै नीति लिएको देखिन्छ । यो शैली हेर्दा भारतको नियत एकदमै खराब देखिन्छ ।

भारतले अहिले कब्जा गरेको लिम्पियाधुरा करिब छ सय बर्गकिलोमिटरमा फैलिएको छ । यसको प्रमुख दोषी तत्कालिन राजा महेन्द्र हुन् । उनले दलीय व्यवस्थामाथि ‘कु गरी प्रजातन्त्रको हत्या गरे । र, ०१७ सालमा निरङ्कुस पञ्चायती व्यवस्था लागु गरे । त्यसैसमयमा, महेन्द्रले नेपालको नक्साबाट लिम्पियाधुरा हटाउनको लागि निर्देशन दिएका थिए । यसको पछाडि राजनीतिक स्वार्थ जोडिन्छ ।

तत्कालिन भारतका प्रधानमन्त्री जहारलाल नेहरुको सहयोगमा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेका हुन् । त्यसको उपहार स्वरुप महेन्द्रले लिम्पियाधुरा भारतलाई सुम्पिएका हुन् । राजाले आफ्नो सत्ता टिकाउन भारतलाई खुशी पारेको देखिन्छ । यहाँ धेरैलाई भ्रम के छ भने राजा महेन्द्र राष्ट्रवादी हुन् तर, छ सय वर्ग किलोमिटर नेपाली भूभाग भारतलाई उपहार दिने व्यक्ति कसरी राष्टवादी भए ?

त्यसलगत्तै भारत र चीनबीचमा लडाईं शुरु भयो । लडाईकै शिलशिलामा भारतले नेपालको भू–भाग कालापानी प्रयोग गरेको देखिन्छ । तर, लडाई सकिएपछि आजको मितिसम्ममा पनि कालापानीबाट भारतले सेना हटाएको छैन । उसको सेनाले अझै मार्च पास गरिरहेको देखिन्छ । यो भारतको हेपाह प्रवृत्ति हो । यसमा उसको खराब निहत देखिन्छ ।

कालापानी तत्कालिन राजा महेन्द्रले सत्ता टिकाउन भारतलाई पुरस्कार दिएका हुन् । नेपालको भूमी भारतले फिर्ता नगरे अन्तर्राष्ट्रिय अदालत जानुपर्छ ।

लीपूलेक लिम्पियाधुरा र कालापानीको बीचमा पर्छ । ०७२ साल जेठमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच लीपूलेकलाई भारत र चीनले व्यापारिक नाकाको रुपमा सम्झौता गर्दा नेपाललाई एक बचनपनि सोधिएन । यसमा भारतमात्र होइन चीन पनि दोषी छ ।

सुस्ता, लक्ष्मणपुर, महेशपुर, केतना, चुलाठिलगायत दर्जनौं नेपाली भूभागहरु भारतले अधिक्रमण गरेको छ । भर्खरै मात्रै भारतले नयाँ नक्सा जारी गर्दै नेपालको कालापानी लगायतको भूभाग पनि आफ्नो भूभागमा पारेको छ । तर, यस्तो गम्भिर मामिलामा पनि सरकार भने निकै फितलो देखियो ।

पहिलो कुरा त सीमा विवादबारे नेपाली मिडियामा आएको आधारमा सरकारले ध्यानाकर्षण भएको छ भन्नु नै गलत हो । यसमा राज्य संयन्त्र नै पंगु भएको देखिन्छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी परेकोमा सरकारको गम्भिर ध्यानाकर्षण भएको छ भनेर विज्ञप्तीमा प्रष्ट लेखिनुपथ्र्यो तर, भएन ।

सरकारको विज्ञप्ती त नेपाली जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काम भयो । सरकारले यस्ता लुते बक्तव्य निकालेर राष्ट्रियता बच्दैन । राष्ट्रियता बचाउनको लागि एक चिम्टी माटोमा पनि राष्ट्रियता हुन्छ भन्ने हेक्का राज्य संचालकमा हुनुपर्छ । नेपाल सरकार दुई छिमेकि मुलुकप्रति आँखा चिम्लिने, अधिक्रमणप्रति लम्पसार पर्ने होइन, दह्रोसँग उभिन जरुरी छ । चाहे जतिसुकै ठुला चुनौति किन नआहोस, यस विरुद्ध उभिनुपर्छ ।

यस्तो इस्युमा सरकारको नेतृत्व गरीरहेको दलले तत्काल सर्वदलिय बैठक बोलाउनु पर्छ । यो सँगै भारतले जारी गरेको नक्सा सच्याउन सरकारले कुटनैतिक दबाब दिनुपर्छ । यदि त्यसो गर्दा पनि अटेर गर्यो भने कानूनी उपचार पनि नेपाल सरकारले खोज्नु पर्छ ।

यसको अर्थ भारतलाई दबाब दिन अन्तर्राष्ट्रिय अदालत जानुपर्छ । अन्तर्राष्ट्रिय अदालतमा हाम्रा पुराना नक्सा, दस्तावेज लगेर पेश गर्नुपर्छ ।

राष्ट्रियताको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । त्यसकारण राष्ट्रियतामाथि भएको एकलौटी हस्तक्षेपविरुद्ध नेपाल सरकारले कुटनैतिक पहलको साथसाथै कानूनी उपचार खोज्नुपर्छ । हस्तक्षेपविरुद्ध सिंगो देश एकजुट भएर उभिनु पर्छ ।

(पूर्वसभासद गुरुङ नेपाली कांग्रेसका युवा नेता हुन्)

कात्तिक २२ गते, २०७६ - १३:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top