Khabar Dabali Logo
  June 3, Wed

भारतीय नक्सा विवादबारे बहस : सरकारको ‘लुते’ विज्ञप्तीले राष्ट्रियता बाँच्दैन्

काठमाडौं । नेपालको भूमी लिम्पुयाधुरा, कालापानी र लीपूलेक भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा गाभिएपछि यसको चौतर्फी विरोध भइरहेको छ । सुगौली–सन्धिको धारा ५ मा नेपालको पश्चिमी सीमाना काली नदी भनिएता पनि भारतीय पक्षले विभिन्न बखेडा निकाली नेपालको भूमी फिर्ता गर्न आनाकानी गरिरहेको छ ।

ऐतिहासिक दस्तावेज, विभिन्न समयमा जारी भएको नक्सा, तत्कालिन अधिकारीहरुले एकआपसमा गरेको पत्रचारको आधारमा काली नदीको उद्गमस्थान लिम्पुयाधुरा रहेको प्रष्ट छ । नेपाल सरकारले यहि ऐतिहासिक तथ्यको आधारमा कालापानी क्षेत्र नेपालको भएकोले भारतले जारी गरेको नयाँ नक्सा अमान्य हुने बताइसकेको छ । तर, भारत सरकारले गत शनिवार जारी गरेको नक्सा पुरानै भएकोले नेपालको भूमि नचलाइएको झुटो अफाह फैलाइरहेको छ ।

सन् १९६२ मा चीन र भारतबीचको युद्ध रोकिएपछि भारतीय फौजले सामरिक रणनीति र सुरक्षाको दृष्टिले उपयुक्त ठाउँको खोजीमा कालापानी र लीपूलेकको बीचमा रहेको घाँटी भेटाएपछि सो ठाउँलाई कब्जा गरेर बसेको देखिन्छ ।

लीपूलेकलाई आधार मानि ०७२ जेठ १ मा चीन र भारतबीच दुईदेशीय सम्झौतासमेत भएको छ । व्यापार विस्तारको नाममा भएको ४१ बुँदे सम्झौताको २८ नम्बर बुँदामा चीन र भारतबीच व्यापार विस्तार गर्न लीपूलेकमा व्यापारिक नाका खोल्ने सहमति भएको थियो । नेपालको भूमी लीपूलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच सम्झौता हुँदै गर्दा नेपाललाई भने पूर्ण वेवास्ता गरिएको थियो । सो सम्झौतालाई लिएर नेपालले निरन्तर विरोध जनाउँदै आएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार ६० हजार हेक्टरभन्दा बढि नेपाली भूमी भारतले अधिक्रमण गरेको छ । सुस्ता, लिम्पुयाधुरा, कालापानी, लीपू, खुर्दलुटजस्ता धेरै सीमा समस्या नेपालले बर्षौदेखि झेल्दैआएको छ । सीमा समस्यालाई समयमै राज्यसंयन्त्रमार्फत कुटनैतिक पहल गरिनु पथ्र्यो । तर, भारतीय पक्षको हेपाह प्रवृत्ति र नेपाल सरकारको फितलो कुटनीतिक संयन्त्रका कारण दुईदेशबीचको सम्बन्धमा दरार उत्पन्न भइरहेको छ । सीमा विवाद समाधानको लागि दुईदेशबीच परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गरिरहेको भएपनि सुस्ता र कालापानीको विषयमा सहमति अड्किएको परराष्ट्र मन्त्रालयको अधिकारीले जनाएका छन् ।

खासमा बर्षौंदेखिको नेपाल र भारतबीचको सीमा समस्या सुल्झिन नसक्नुको मुख्य दोषी को हो ? नेपालको कालापानी क्षेत्रमा भारतीय पक्षको स्वार्थ के छ ? विशाल भूमी भएको उदयमान शक्तिराष्ट्र भारतलाई नेपालको भूमी अधिक्रमण गरेर के फाइदा छ ? यसै विषयमा नेकापा नेता देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका नेता धनराज गुरुङ र साझा पार्टीका नेता डाक्टर सूर्यराज आचार्यसँग खबर डबलीकोतर्फबाट गणेश पाण्डेले कुराकानी गरेको सम्पादीत अंश :

कात्तिक २२ गते, २०७६ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top