Khabar Dabali Logo
  February 24, Mon

सर्वौच्चको फैसला विवादित छ, पुनरावलोकन हुनुपर्छ

  • अशोज २ गते, २०७६ - १३:३०
  • Uncategorized

पहिलो कुरा त कर उठाउने विषयमा कानूनमा जे लेख्या छ अदालतले त्यहि गर्ने हो । अर्को कुरा एउटै मुद्दामा कहिले लाभ कर उठाउ भन्ने कहिले उठाउन पाउँदैन भन्ने खालको जुन विवादास्पद फैसला सर्वोच्च अदालतले फैसला गरेको छ यसले शंका उत्पन्न भएको छ । माघ २३ गते प्रधानन्यायधीस सहितको पूर्ण इजलासले पूँजिगत लाभ कर तिर्नु पर्ने फैसला गरेको थियो । अहिले तिर्नु पर्दैन भनेको छ । यसले गर्दा राज्यलाई अर्वौ घाटा परेको छ । एनसेल जस्ता अर्र्बौै व्यपार गरेको बहुराष्ट्रिय कम्पनिले कर उन्मुक्ति पाउनु त्यो न्यायसंगत छैन । सामान्यतय पूँजिगत लाभकर उन्मुक्ति दिन मिल्दैन । त्यसकारण अदालतको फैसला त्रुटिपूर्ण हुन सक्छ । फैसलाको पूर्ण कपि आएपछि यसलाई पुनरावोलोकन हुनुपर्छ ।

पाँच जनाको इजलासले गरेको निर्णय उल्टाउन पनि ७ जना वा ९ जनाकाको बृहत पूर्ण इजलास गठन गर्नु पर्छ । त्यसो किन भएन ? पुनरावलोकन गरेर यसलाई करेक्सन गर्नु पर्छ । यसो भन्दैमा अदालतको एक दुईटा फैसलाको आधारमानै अविश्वास गर्नु त हुदैन । अदालत संविधानले निर्दिट गरेको एक सस्था भएकोले यसले गरेको कतिपय त्रुटि सच्याउने विधि र प्रकृया पनि अदालतभित्रै रहेको छ । त्रुटि सच्चिनुपर्छ ।

फैसलाको पूर्ण पाठ आइसकेपछि सरकारको तर्फबाट कर कार्यलय तथा विभागको तर्फबाट पुनरावलोकनको लागि जान सक्छ । जानुपर्छ । फैसलाप्रति चित्त बुझ्न नबुझ्नु भन्दा पनि यसलाई न्यायीक तरिकाबाट हेर्नु पर्छ । विगतमा एनसेल सम्बन्धी व्यवस्था के छ ? त्यो हेर्नु पर्छ । एनसेल सम्बन्धी आयकरको व्यवस्था पनि छ, पूँजीगत लाभकर सम्बन्धी व्यवस्थापनि छ । समयमा कर नतिरे शुल्क लगाउने व्यवस्थापनि छ । राज्यले सबै कम्पनिलाई करको दायरामा ल्याएको छ । सबैले कर तिरिरहेका छन् । एनसेललाई मात्र लाभांस करबाट उन्मिुक्ति दिन मिल्दैन । अरुलाई कर लाग्ने एनसेललाई कर नलाग्ने त्यो हुन सक्दैन । कानून त सबैलाई बराबर हुनुपर्छ । यसलाई न्यायको सिद्धान्त आधारमा, अन्तराष्ट्रिय प्राक्टिसको आधारमा, प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हेर्नु पर्छ ।

सर्वोच्च अदालतकै आचार संहिताको पालना भएको छ कि छैन त्यो पनि हेर्नु पर्छ । विगतमा सर्वोच्च अदालतमा एउटा केस हेरिसकेको छ न्यायधिशले दोर्याउन नपाउने आचरसंहिता थियो । त्यो पालना भएको छ या छैन ? विगतमा ठुला करदाताले एनसेलको लाभांस रोक्न राष्ट्र बैंकलाई पत्र पठाएपछि राष्ट्र बैंकले लाभांस रोक्का गरेको थियो । तर माननीय न्यायधिश डम्बर बहादुर शाहीले एनसेलको लाभाम्स कर विदेश लान पाउने फैसला गर्नु भएको थियो । त्यसकारणले प्राकृतिक न्यायको हिसावले उहाँले मुद्धा हेर्न मिल्ने कि नमिल्ने ? यस्ता त्रुटिहरु सच्याउने निकाय संसद नभइ अदालतनै हो यस्तो गम्भिर विषयमा सम्मानित अदालतको ध्यान जानु जरुरी छ ।

(गुरुङ नेकपाका प्रमुख सचेतक हुन्)

अशोज २ गते, २०७६ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदिरारहित समाज निर्माणको अभियानमा देवघाट

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले...   
मायालु तवरले बालबालिका हुर्काउँदै

मायालु तवरले बालबालिका हुर्काउँदै

गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई...   
चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी...   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका...   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको...   
के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई...   
अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट  हुँदै

अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट हुँदै

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको...   

ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक...   
बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...   

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top