Khabar Dabali Logo
  January 24, Fri

वाध्यात्मक परिस्थितिको कारण मापदण्ड कार्यान्वयन नभएकाे हो

  • भदौ ५ गते, २०७६ - १५:२४
  • Uncategorized

काठमाडाैं । ‘एक व्यक्ति एक पद’ सिद्धान्तत राम्रो कुरा हो । कमरेड माधव या कमरेड वामदेवले जसले उठाएपनि एकजनाले एउटा मुख्य जिम्मेवारी लिउँ भन्ने विषय उपयुक्त हुन्छ । कसैलाई जिम्मेवारी पनि पुरा गर्न नसक्ने गरि ३/४ वटा जिम्मेवारी दिने अनि कोही जिम्मेवारी विहिन हुने कुरा कम्युनिष्ट पार्टीमा हुनुहुन्न । कमिटिमा आईसकेपछि व्यक्तिको रुचि, योग्यता, क्षमता र चाहनालाई ध्यान दिएर उसले जिम्मेवारी पाउनुपर्छ । यो सिद्धान्तत ठिक विषय हो ।

तर, यहाँ पार्टीमा आफ्नो अनुकुलता भयो भने प्रश्न उठाउन छोडिदिने, आफ्नो अनुकुलतामा भएन, आफ्नो नजिकको कहिँ कतै परेन भने फेरि त्यहि कुरा उठाउने कुरा राम्रो संकेत होइन् । जे कुरा सिद्धान्तमा उठेका छन् आफ्नो नजिकको होस् या कसैसित नजिकको होस् सबैको हकमा यो कुरा लागु हुनुपर्छ । कमरेड माधव जीले कमिटिमा छलफलको लागि राख्ने कुरा जायज नै छ । बाहिर राख्न हुँदैन् । कम्युनिष्ट पार्टीले बनाएको प्रचलित विधान नियमअनुसार आफ्नो मत, दृष्टिकोण र उद्देश्यहरु कमिटिमा राख्ने प्रचलित कुरा नै हो ।

तर अहिलेको परिस्थिति अनुसार निर्णय भईसकेको कुरालाई कार्यान्वयनमा लैजाने र मत राख्न ओपन हिसाबले छोड्ने कुरा उपयुक्त हुन्छ । कतिपयले भूमिका नपाउने कुरालाई अहिले पार्टी भित्र बनेको ब्याध्यात्मक अवस्थाले यसो भएको भन्ने लाग्छ । सकेसम्म कमिटिले गरेका निर्णयको स्वामित्व लिने, कार्यान्वयन गर्ने र सामुहिकतामा स्वीकार गर्ने कुरा सिद्धान्तत र संगठन प्रणालीको हिसाबले हामीले स्वीकार गर्दै आएको चरित्र पनि हो ।

दुई पार्टीको एकताको सन्दर्भमा हामीले दुई अध्यक्षको व्यवस्था गर्यौं । दुई अध्यक्षको बीचमा आवश्यक सुझावसहित सहमति गरेर कार्यान्वयन गर्न विशिष्ट परिस्थितिको बीचमा यो निर्णय गरेका हौं । संक्रमणकालिन अवस्थामा पार्टी छ, कुनै प्रक्रियाबाट पार्टी नेतृत्व निर्वाचित वा चयन भएको अवस्था होइन् । मनोनित प्रकारले विश्वासका आधारमा अर्को महाधिवेशन नहुँदासम्म वा निर्वाचित प्रक्रियाद्धारा कमिटि प्रणाली निर्वाचित नहुँदासम्म यो विधि अपनाउनु हाम्रो परिस्थितिको वाध्यात्मक अवस्था हो ।

सचिवालयका, स्थायी समितिका, केन्द्रिय समितिका साथीहरुको छलफलमा भाग लिने चाहनालाई स्वीकार गर्नुपर्छ । सम्भव भएसम्म सचिवालयले गरेको कुरा स्थायी समितिले अनुमोदन गर्ने, न्यूनतम ५/६ महिनामा भएपनि केन्द्रिय समितिको वैठक राखेर त्यहाँबाट अनुमोदन गर्ने विधि अपनाउनु पर्छ । त्यो छुट्न गएको छ । आगामी दिनमा त्यसलाई सच्याउनु पर्छ । फेरि पनि निर्णय भईसकेका कुराहरुलाई उल्ट्याएर जाने कुरा चाहिँ हुनुहुँदैन् ।

भदौ ५ गते, २०७६ - १५:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अमेरिकी अर्बपतिको प्रस्ताव : तानाशाहीविरुद्ध लड्नेलाई म १ अरब पैसा दिन्छु !

अमेरिकी अर्बपतिको प्रस्ताव : तानाशाहीविरुद्ध लड्नेलाई म १ अरब पैसा दिन्छु !

काठमाडौं । स्वीजरल्याण्डको डाबोसमा चलिरहेको वल्र्ड इकोनोमिक फोरममा एक अमेरिकी अर्बपतिले अनौठो प्रस्ताव...   
नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top