Khabar Dabali Logo
  July 8, Wed

डुबानको कारण भारतीय मनपरी संरचना नै हाे

  • साउन ७ गते, २०७६ - १२:३९
  • Uncategorized

काठमाडाैं । नेपाली भू–भागबाट बग्ने पानी रोक्नको लागि भारतले अनेकन खालका संरचनाहरु बनाएको छ । भारतले सीमाक्षेत्रमा ड्याम, ठुला खालका तटबन्ध, नहरलगायतका संरचनाहरु धेरै नै खडा गरिसकेको छ । पछिल्लो समय त उसले पुर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा सडकको नाममा अग्लो बाँध नै बनाएको छ । राजमार्गको नाममा बनाइएको त्यो संरचना १० फिट अग्लो र ९० फिट जति चौडा छ । यी संरचनाहरुले वर्षाको समयमा परेको पानी र नेपालबाट भारततर्फ जाने सबै नदिहरुको प्राकृतिक बहाब रोकिदिएसँगै तराईमा डुबानको समस्या बढिरहेको छ ।

नेपाल र भारतबीच अहिलेसम्म ब्यारेज बनाउन जम्मा एउटा सम्झौता भएको छ । तटबन्ध बनाउनको लागि ४ वटा जति सम्झौता भएको छ । तर, भारतले एकतर्फी हिसाबले धेरै संरचनाहरु खडा गरिसकेको छ ।

जस्तो कपिलवस्तु जिल्लाको दक्षिणमा सीमा नजिकै भारतले मणीसागर बाँध बनाइएको छ । त्यो बाँध बनाउनको लागि सन् १९२३ मा ब्रिटिस अंग्रेजसँग नेपालको सम्झौता थियो । सम्झौतामा बाँध बनाउँदा ढोका नहाल्ने भन्ने थियो । तर, वर्तमान भारतले १४ वर्ष अगाडि मात्रै १५ वटा ढोका बनाइएको छ । जसको कारण कपिलवस्तुको त्यस छेउछाउका भू–भाग पुरै डुबानमा पर्दै आएका छन् । वर्षाको बेलामा ७० हेक्टर जति जमिन डुबानमा पर्दछन् । त्यहाँ हिउँदको बेलामा पनि १५ हेक्टर जति जमिन क्षेत्र डुबानमा पर्दै आएको छ ।

जबसम्म मापदण्ड विपरित यी संरचनाहरु खडा रहिरहन्छन् अनि नयाँ संरचनाहरु बनिरहन्छन् तबसम्म तराई डुबानको समस्या झनै बल्झदैं जान्छ ।

सम्झौता ब्रिटिश इण्डियासँग गरिएको सन्दर्भमा अहिले भारतले आफ्नो मगलाग्दी हिसाबले काम गरिरहेको छ । नेपाल र नेपालीले विरोध गरेपनि संरचनाहरु निर्माणको काम भने रोकिएको छैन् ।

दुई देशको सीमाको छेउछाउमा ब्यारेज, बाँध र तटबन्धजस्ता संरचनाहरु बनाउँदै गर्दा केहि अन्तराष्ट्रिय मापदण्डलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । दुवै देशको सम्झौता बेगर त्यस्ता संरचनाहरु बनाउन पाईदैन् । तर यहाँ सम्झौता विपरितका संरचनाहरु बनिरहेका छन् । जसको कारण तराईमा सधैं डुबानको समस्या परिरहेको हुन्छ ।

एक देशबाट अर्को देशमा जाने नदिको सिमारेखाबाट ८ किलोमिटर माथिल्लो वा तल्लो क्षेत्रमा कुनै देशले सहमति नलिई कुनै संरचनाहरु बनाउन पाईदैंन भन्ने अन्तराष्ट्रिय मापदण्ड छ । त्यो सम्झौतालाई सन् १९९९ मा दुई देशबीच पटनामा भएको वैठकमा पनि स्वीकार गरेर जाने सहमति भएको थियो । तर, सहमति त्यस्तो भएपनि सिमा छेउछाउमा धेरै संरचनाहरु बनेका छन् ।

जस्तो बाँके जिल्लाको सिमामा लक्ष्मणपुर बाँध बनाइएको छ । २२ कि.मि. लामो त्यो बाँधले प्रत्येक वर्ष नेपालको ठुलो भू–भाग डुबानमा पर्ने गरेको छ । अहिले पनि नरइनापुर गाउँपालिकाको भाग पुरै जलमग्न भएको छ ।

यता रौतहटमा पनि त्यस्तै समस्या छ । रौतहटको सिमा नजिकै बनेको बैरगनिया बाँधले यो वर्ष त झन् धेरै क्षति बनाएको छ । गौर सदरमुकामका धेरैजसो घरहरु १ तलासम्म डुबानमा परे ।

जबसम्म मापदण्ड विपरित यी संरचनाहरु खडा रहिरहन्छन् अनि नयाँ संरचनाहरु बनिरहन्छन् तबसम्म तराई डुबानको समस्या झनै बल्झदैं जान्छ । राज्यले आफ्ना जनता अनि भूगोलको रक्षा गर्ने नियम विपरित खडा गरिएका संरचनाहरु फाल्नको लागि पहल गर्नुपर्छ ।

(श्रेष्ठ सीमाविद् हुन् )

साउन ७ गते, २०७६ - १२:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top