Khabar Dabali Logo
  July 8, Wed

बाढी राजनीति गर्ने र पैसा कमाउने धन्दा बनिरहेको छ

  • साउन ७ गते, २०७६ - १२:३७
  • Uncategorized

काठमाडाैं । बाढीको सन्दर्भमा भारतको चर्चा धेरै आएको छ । म भन्छु, भारत नेपाल होइन् । भारत छुट्टै मुलुक हो । कुनैपनि मुलुकले आफ्ना नागरिकहरुको सुरक्षाको लागि आफ्नो ढंगले काम गर्न सक्छन् । त्यसलाई हामीले नराम्रो मान्न मिल्दैन् । हामीले पनि हाम्रा नागरिकलाई कसरी सुरक्षा दिने, कसरी जोगाउने, त्यो हाम्रो जिम्मेवारी हो ।

बाढीको समस्या कुनै भौगोलिक वा राजनीतिक समस्या पनि होइन् । न यो सीमाको समस्या हो । चर्चा गरिए अनुसारको राजनीतिक रंग दिइनु उपयुक्त छैन् । यो विसुद्ध मानवीय तथा प्राकृतिक समस्या हो । यो समस्यालाई मानवताको आँखाले हेर्नुपर्छ ।

कुनैपनि मुलुकले आफ्नो नागरिकलाई जोगाउनको लागि आफ्नो अनुकुलताका संरचनाहरु निर्माण गर्दछ । आफ्नो सीमाभित्र अनि आफ्नो भूगोलभित्र गरिने कामलाई अर्को मुलुकले दखलअन्दाजी गरिने कुरा मिल्ने विषय होइन् ।

हाम्रो सन्दर्भमा बाढी नियमित समस्या हो । यो कसैको लागि दुःख अनि कसैको लागि आम्दानीको स्रोत पनि हो ।

नेपालीहरुले भारत डुबोस् भनेर संरचना पक्कै बनाएका छैनन् । भारतीयहरुले पनि नेपाल डुबोस् भनेर संरचना पक्कै बनाएको हाेइन् । यी संरचनाहरु आ–आफ्नो मुलुकभित्र आ–आफ्नो भूगोलभित्र सबैले आ–आफ्नो नागरिकाको लागि केहि न केहि बनाएको छ ।

यहाँ हरेक वर्ष बाढी भित्र्याउने अनि करोड ल्याएर हजार बाँड्ने आम्दानीको खेलो चलाइएको छ । यो एउटा आम्दानीको विषय र अर्को राजनीति गर्ने सेन्टिमेन्टको विषय पनि बनेको छ ।

तैपनि समस्या ति संरचना होइनन् । समस्या अव्यवस्थित बसोबास हो । समस्या चुरे दोहन हो । समस्या जथाभावी रुख काट्ने तर वृक्षारोपण नगर्ने हो । समस्या खोलानालाको नियमित व्यवस्थापन नुहुनु हो । यो प्राकृतिक समस्या मात्रै नभएर मानव निर्मित प्रकोप पनि हो ।

यो दुवै देशको साझा समस्या हो । किनकी हिमालको पानी नेपालले मात्रै छेकिराख्ने अवस्था छैन् । र, आएको बाढी नेपालले तटबन्ध बनाएर आफैंतिर रोक्ने वा छेक्ने भन्ने पनि हुँदैन् । प्राकृतिक नियम अनुसार पानीले आफ्नै बाटो लिन्छ । यो दुवै देशको प्राकृतिक र मानवीय साझा समस्या भएको हुनाले त्यहि ढंगबाट समाधान खोजिनु पर्दछ ।

चाहे नेपालमा डुबानको कारण मानिसहरु समस्यामा परुन या भारतमा यो सबैको चिन्ता अनि चाँसोकाे विषय हो । यो विषयलाई मानवताको कोणबाट हेर्न आवश्यक छ । बाढी नियमित समस्या हो । जसमा जनताको लागि दुःख तर केहि त्यस्तो तप्काका लागि आम्दानीको विषय पनि बनेको छ ।

जो पात्र राहत र उद्धारको लागि नाटक गर्छन् ती पात्रहरु बाढीभन्दा पहिला बाढिबाट मुक्तिको लागि कुनै व्यवस्थापन गर्दैनन् ।

हरेकलाई यति लाख दिन्छु, यस्तो घर बनाईदिन्छु भन्नेहरु बाढीभन्दा पहिला बालुवाको कटान जोगाईदिन, तटबन्ध गराउन, वृक्षारोपण गराउन सोंच्दा पनि सोंच्दैन् । तर, यहाँ हरेक वर्ष बाढी भित्र्याउने अनि करोड ल्याएर हजार बाँड्ने आम्दानीको खेलो चलाइएको छ । यो एउटा आम्दानीको विषय र अर्को राजनीति गर्ने सेन्टिमेन्टको विषय पनि बनेको छ । चुनावताका मासु बाँड्नेहरु बाढीका बेला चिउरा पनि बाँड्दैनन् ।

चुरेमा जथाभावी दोहन, जथाभावी रुख कटानी अनि अव्यविस्थत बसाईले गर्दा पनि बाढीको प्रकोप झनै बढिरहेको छ ।

(अहिराज मधेश विद् हुन्)

साउन ७ गते, २०७६ - १२:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top