Khabar Dabali Logo
  October 17, Thu

सधैँ पीडामा हुँदा पनि हामी समाधान खोजिरहेका छैनौं

  • साउन ७ गते, २०७६ - १२:३३
  • Uncategorized

काठमाडाैं । हाम्रो दुरभाग्य, हिउँदमा फाईदा भारतले लिने, वर्खामा हामी डुबानमा पर्ने । वर्खाको पानीले हामीलाई क्षति अनि हिउँदको पानीको उपयोग हामीले गर्न नपाउने । यो दोहोरो मारमा हामी छौं । यो कतिपय हामीले नै गरेका सम्झौताको कारण छ भने कतिपय भारतले सम्झौता विपरित नै बनाएका संरचनाका कारण हुन् ।

सम्झौता गरेको हकमा त एउटा कुरा हो तर, सम्झौता विना नै सीमा क्षेत्रमा जसरी अन्तराष्ट्रिय नियम उल्लंघन गरेर बाँध बाँधिएको छ, यो सबैभन्दा समस्याको विषय हो । सीमामा बाँध बनाउँदै गर्दा जुन उचाई र दुरीको मापदण्ड छ त्यसलाई यहाँ पुरै उल्लंघन गरिएको छ । १० कि.मि. भित्रकै आसपासमा १० फिटसम्मका जसरी संरचनाहरु बनाइएका छन् त्यसले नेपाली भू–भागलाई डुबानमा पारिरहेको छ ।

डुबानको विषय राजनीति गर्ने मुद्दा होइन् तर दुरभाग्य नेपालमा यसैलाई राजनीतिक मुद्दा बनाइएको छ । सत्ताबाहिर रहँदा कत्ति पनि जवाफदेही नहुने गरि बोल्ने अनि सत्तामा पुगेपछि पुरै नतमस्तक भएर मौन हुने परिपाटी बडो घातक छ ।

इ.पि.जि.को रिपोर्ट बारे दुवै देशका बीचमा छलफल हुन सकेको भए समाधान खोज्ने विषयमा आधार तयार हुन्थ्यो । तर त्यहि आधारको विषय नै अहिले अलपत्रमा परेको छ ।

सत्ताबाहिर रहँदा जसरी विषय उठाइएको थियो त्यसको समाधान सत्तामा पुगेपछि त हुनुपथ्र्यो तर, देंखिदैन् ।

हामीकहाँ कुटनीतिक ढंगबाट समाधान खोज्ने चलन छैन् । परराष्ट्र मन्त्री स्तरबाट, प्रधानमन्त्री स्तरबाट या अरु कुटनीतिक बाटोबाट यी बाँध बाँध्नु अगावै समाधान खोज्नु पर्ने थियो । यो विषयलाई द्धिपक्षी वार्ताबाट समाधान खोज्नुपर्छ । यदि भएन् भने यसलाई अन्तराष्ट्रियकरण गर्ने प्रावधान पनि छ ।

हाम्रो सरकारले राम्रोसँग सम्बोधन गर्न नसकेको कारणले हाम्रा बस्तीहरु डुबानमा परेका हुन् । बाँध बाँध्नुभन्दा पहिला नै हामीले पहल गर्न नै सकेनौं ।

यो सन्दर्भमा इ.पि.जि.ले पनि रिपोर्ट बनाएको छ । तर त्यसलाई सम्बोधन गर्ने सन्दर्भमा अलमल देखिएको छ । कमसेकम त्यो रिपोर्टको आधारमा धेरै कुराहरु समाधान गर्न सकिन्थ्यो । तर त्यसको लागि नेपालले कुटनीतिक रुपबाट पहल गर्न अलि नसकिरहेको जस्तो देखिन्छ ।

कमसेकम इ.पि.जि.को रिपोर्ट बारे दुवै देशका बीचमा छलफल हुन सकेको भए समाधान खोज्ने विषयमा आधार तयार हुन्थ्यो । तर त्यहि आधारको विषय नै अहिले अलपत्रमा परेको छ । तथापि यसको समाधान द्धिपक्षी रुपबाटै खोज्नुको विकल्प भने छैन् ।

(खनाल राजनीतिक विश्लेषक हुन्)

साउन ७ गते, २०७६ - १२:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना...   

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा...   

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न...   
माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

काठमाडौं । विश्व चर्चित कम्पनी माइक्रोसफ्टको सीइओ सत्या नडेलाको तलब भक्ता ह्वात्तै बढोत्तरी भएको...   

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी...   

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी...   
युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय...   
समाचारमा तपाईं हजुर कति उपयुक्त ?

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा...   
गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा...   
वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top