Khabar Dabali Logo
  August 18, Sun

कमीकमजोरी भएपनि अभियानले पार्टीलाई उर्जाशिल बनाएको छ

  • जेठ १५ गते, २०७६ - १०:२६
  • Uncategorized

काठमाडाैं । हामीले अपेक्षाकृत खालको जागरण अभियानलाई प्रभावकारी बनाउन सकेका छैनौं । अनेकन कमीकमजोरीका बाबजुत हामी यो पहिलो चरण सम्पन्न गर्दैछौं । मुख्यतः अहिले भएको जागरण अभियानले पार्टीलाई गतिशिल बनाउन भूमिका खेलेको छ । भावी कार्यक्रमलाई अझ रचनात्मक बनाएर लैजान सकारात्मक पहल दिएको छ भन्ने ठान्दछु । केहि कमीकमजोरी भएपनि अभियानले पार्टीलाई उर्जाशिल बनाएको छ । पार्टीका गतिविधि तिव्र ढंगले अगाडि बढेका छन् ।

भदौ २४ देखि दोस्रो चरणको कार्यक्रम फेरि हुँदैछ । त्यसलाई अझ विशेष रुपमा पार्टीले प्रयोग गर्न आवश्यक छ । कमीकमजोरी धेरै नै भएको छ । अब यो दोस्रो चरणबाट सच्चाउने गरि लाग्न आवश्यक छ । अन्तिममा फागुनमा ७ देखि हुने अभियानलाई अझ धेरै रचनात्मक ढंगले प्रयोग गर्नुपर्ने हुन्छ । कार्यक्रमको मोडेल पनि स्थानीय तह, निर्वाचन क्षेत्र, प्रदेश तह गरि विभिन्न चरणमा अपनाइएको छ । त्यो हिसाबले चरणबद्ध कार्यक्रम हुँदै जाँदा हामीले सोंचे अनुसारको उपलब्धि प्राप्त हुन्छ भन्ने आशा लिएको छु ।

पहिलो जागरण अभियानलाई कता–कता महाधिवेशन प्रचार जसरी कार्यक्रमलाई उपयोग गर्न खोजेको पनि देखियो । वास्तवमा यो महाधिवेशन प्रचारको कार्यक्रम त होइन् । तथापि थोरै नेताहरुमा मनोविज्ञान बनाउने विषयमा समस्या देखियो । कार्यकर्ता स्तरबाट पनि यो विषयलाई सच्याउन विशेष आग्रह गरेका छन् ।

अहिले पछिल्लो नतिजाले हामीलाई एउटा प्रतिपक्षिको भूमिकामा सिमित गरेको छ । हामी प्रतिपक्षमा छौं । कता–कता भूमिका प्रभावकारी भएन भन्ने पनि गुनासो जागरण अभियानमा व्यक्त भएको छ । अब हामी त्यसतर्फ थोरै आक्रामक हिसाबले जाँदै छौं । अहिले बजेट अधिवेशन हुँदै गर्दा हाम्रो भूमिका कमजोर भएको भन्ने गुनासो आयो । अब त्यसलाई सच्याएर लगिन्छ ।

गुटगट विषयलाई अब हल गरेर लानुपर्छ । कहिंपनि गुटगत विषयले समस्या आउनु हुँदैन् । त्यसतर्फ मुख्य नेतृत्व सजग पनि छ । केहि देखिएका समस्यालाई अबको दिनमा सुल्झाएर जाने हामी पुरै प्रयत्न गर्नेछौं । नेताहरुबाट भएका गलत कामलाई अनुशासन समितिले हेर्छ । त्यसकारण त्यसतर्फ सबै प्रष्ट हुँदा हुन्छ ।

(कँडेल प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्)

जेठ १५ गते, २०७६ - १०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात...   
आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

एजेन्सी । पहिरनको कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री प्रियंका कार्की आफ्नै जेठाजुको वर्थडे...   
पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

काठमाडौं । पूर्वजनमुक्ति सेनालाई नेपाली सेनाको सैन्य अदालतले गरेको कैद सजाएँ प्रति नेकपा नेता देव...   
प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनपछि आफू पदमा नरहने बताएका छन्। प्रतिनिधिसभा...   

प्रणाली नै उल्ट्याउँछु भनेर नहौसिए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारको आलोचनाको नाममा प्रणाली नै उल्टाउँछु भन्ने सपना...   

संसद चल्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीले केपि शर्मा ओलीले सम्बोधन गरिरहेका...   
पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

काठमाडौं । न्यूज २४ का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गरिएको विषयमा नेपाल पत्रकार महासंघ...   
महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई...   

एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छाेडेँ : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top