Khabar Dabali Logo
  October 17, Thu

विधानसम्मत चल्न नसक्दा पार्टी कमजोर भएको हो, अब सच्चिन पर्दछ

  • जेठ १५ गते, २०७६ - १०:२३
  • Uncategorized

काठमाडाै‌ं । अभियान हुँदै गर्दा तल्लो तहबाट धेरै प्रश्न आएको छ । बनेको नयाँ विधान अनुसारको संरचना किन भएन भन्ने धेरै गुनासो छ । टोल समिति, वडा समिति, पालिका स्तरको समिति पनि किन पूर्ण गराउन सक्नुभएन भन्ने प्रश्न छ । हामीले प्रदेश समितिहरु त बनाएकै छैनौं ।
हामी घर–घर कार्यक्रम लिएर जानेभन्दा पनि तल्लो तहसम्मका संरचनालाई पूर्ण बनाएर त्यसलाई क्रियाशिल बनाउन लाग्नुपर्ने देखिन्छ । यति संरचना पूर्ण भएको भए, केन्द्रले प्रदेश, प्रदेशले जिल्ला, जिल्लाले पालिका स्तर अनि वडा, टोलमा समन्वयन गरेर काम गर्न सक्ने स्थिति हुन्थ्यो ।

साथीहरुले गुटगत समस्यालाई लिएर पनि धेरै गुनासो गर्नुभएको छ । पहिला केन्द्र मिलेर आउन पनि सुझाउनु भएको छ । हामी विधानसम्मत चल्ने हो भने गुटगत समस्या भन्ने त हुँदैनथ्यो तर समस्या विधानसम्मत नचल्ने तौरतरिकाले निम्त्याएको प्रष्ट छ ।

हाम्रा अनेकन कमि कमजोरी भएकै कारण चुनावमा पराजय भोगेको हामीले बुझ्न आवश्यक छ । ठूलो हार नै व्योहुर्नु परेपछि, कमि कमजोरी भएकै कारण व्यहोरेको हो भन्ने थाहा भएपछि सच्याउन लाग्नुको विकल्प छैन् । मतदाता र कांग्रेसबीच बढेको दुरीलाई कसरी हल गर्ने ? भन्ने कुरा हाम्रो मुख्य चुनौति हो । यसलाई हल गरेर जानु पनि पहिलो अनि अनिवार्य शर्त पनि हो ।

अहिलेको अभियानले गाउँका कार्यकर्ता, जनताले कांग्रेस प्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा बुझ्ने अवसर भएको भन्ने म ठान्दछु । कांग्रेसको सामान्य मतदाताले पनि पार्टीको भित्रको बेमेलको कारण पार्टी कमजोर भएको भन्ने ठानेका छन् । कांग्रेसकमा जुन गुटगत संस्था बनिरहेको छ यसको अन्त्य हुनैपर्छ । कांग्रेसलाई जनताले मन पराएका छन् । त्यो मनपराएका जनतालाई खुसी मनले भोट हाल्ने अवस्था बनाउनु पर्दछ । त्यो भनेको गुटगट तन्त्रको अन्त्यले मात्रै सम्भव हुन्छ ।

जबसम्म हामी विधिसम्मत ढंगले चल्ने सोंच बनाउँदैनौं तब सम्म कांग्रेसलाई उठाउने विषय सम्भव हुँदैन् । मुख्य नेतृत्वबाट पदप्रतिको मोह छोड्न आवश्यक छ । आफ्ना, चिनजानका मान्छेबाट पद ओगट्ने पद्धति रहुन्जेल समस्या हल हुन्छ भनेर नसोंच्दा हुन्छ ।

चुनाव किन हारियो ? जनतासँग कांग्रेसको सम्बन्ध किन टाढा भयो ? मतदाताबीच देखिएको दुरीलाई कसरी हटाउने ? भन्ने कुरा यो जागरण अभियानले सिकाएको छ । तल्लो स्तरबाट धेरै राम्रो सुझाव आएको छ ।

(पूर्वसांसद पन्त नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुन्)

जेठ १५ गते, २०७६ - १०:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना...   

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा...   

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न...   
माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

काठमाडौं । विश्व चर्चित कम्पनी माइक्रोसफ्टको सीइओ सत्या नडेलाको तलब भक्ता ह्वात्तै बढोत्तरी भएको...   

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी...   

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी...   
युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय...   
समाचारमा तपाईं हजुर कति उपयुक्त ?

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा...   
गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा...   
वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top