Khabar Dabali Logo
  October 17, Thu

संरचनाहरु पूर्ण नगरि अभियान मात्रै भन्दा प्रभावकारी हुन सकेन

  • जेठ १५ गते, २०७६ - १०:१९
  • Uncategorized

काठमाडाै‌ । जागरण अभियानले उद्देश्य अनुरुप प्रभावकारी काम गर्न सकेन । प्रभावकारी बनाउन नसक्नुमा मुख्यतः दुईवटा समस्या भएको देखिन्छ । एउटा संरचनाहरु रिक्त हुनु अनि दोस्रो गुटगत समस्याले अल्झनु हो ।

पार्टीको तल्लो संरचनाहरु अझै रिक्त अवस्था मै छन् । जसको कारणले अभियान पनि फितलो खालको हुन पुग्यो । अहिले पनि हामी मुलुकभरका सबै वडाहरुलाई पूर्णता दिन नसकेको अवस्थामा छौं । ७५३ नै पालिकामा हाम्रो कार्यक्रम जान सकेको भए अझ धेरै प्रभावकारी हुन्थ्यो । सबै प्रदेश क्षेत्रमा गतिविधि हुन सकेको भए नतिजा देखिने गरि आउँथ्यो । सबै निर्वाचनमा क्षेत्रमा हाम्रो उपस्थिति भएन । त्यसकारण सबै संरचनालाई सक्रिय बनाउँदै अभियान चलाउन सकेको भए उद्देश्य लक्षित अनि प्रभावकारी हुन्थ्यो ।

संरचना पूर्ण नगरिकन अभियान मात्रै चलाउँछु भनेर हामीले भन्दा पक्कै पनि अपेक्षाकृत परिणाम आउने अवस्था हुँदैन् । तर पनि यसले पार्टीलाई थोरै गतिशिल भने बनाउन भूमिका खेलेको छ ।

केन्द्रमै समस्या भएपछि तल समस्या नहुने भन्ने पनि भएन् । हामीले संगठन बनाउने कुरालाई प्राथमिकता किन नदिएको ? पार्टीको नीति निर्माण गर्ने विषयलाई किन प्राथमिकता दिन नसकेको ? प्रतिपक्षी भूमिका बनाउने सबालमा देखिएका भूमिकालाई किन अस्वीकार गरेको ? सशक्त प्रतिपक्षी बन्न हामीले कस्तो तौर तरिका अपनाउनु पर्छ ? भन्ने प्रश्न तलबाट धेरै आएको छ । यसको उत्तर केन्द्रले पनि दिनसक्ने अवस्था छैन् । हाम्रो विधानमा जे व्यवस्था छ त्यसलाई पालना गरे त रिक्त संरचनालाई पूर्णता दिन समस्या हुँदैन । यसलाई किन प्राथमिकता दिन सकिएन् ?

अहिले गुटबन्दीको अवस्था पनि कांग्रेसभित्र गम्भिर खालकै छ । यस सन्दर्भमा धेरै प्रश्न उठेको छ । साथीहरुले गुटबन्दीको अन्त्य हुनुपर्छ भनेर कुरा उठाउनु भएको छ । त्यसैले यो अवस्थालाई अन्त्य नगरेसम्म हाम्रो अभियान एकिकृत भएर जाने अवस्था हुँदैन् । नेतृत्वकर्ताले त्यसलाई गम्भिरतापूर्वक हेर्दै समाधानतर्फ पहल लिनुपर्छ ।

कार्यक्रम हुँदै गर्दा नियमित महाधिवेशन समयमा नगरेर त्यसलाई सार्नका निमिक्त गरिएको भन्ने आंशका पनि आएको छ । तलका संरचनाहरुलाई पुरा नगरी एकैचोटी महाधिवेशन गर्न यसो गरिएको भन्ने पनि गुनासो छ । आफ्नै गुटबन्दीलाई बलियो बनाउन गरिएको प्रयत्न भन्ने पनि छ ।

तर तमाम टिप्पणीहरुका बाबजुत पनि यो जागरण अभियानले केहि सकारात्मक पहल भने लिएको देखिन्छ । सबै साथीहरु केहि हदसम्म भएपनि सक्रिय बनाउन भूमिका खेलेको छ । हो चर्चा भएजस्तो केन्द्रिय नेतृत्वको महाधिवेशन सार्ने जस्तो रणनीनि हुन सक्छ । तर तलका साथीहरुले यसलाई अवसरको रुपमा प्रयोग गरेर जिल्ला तहमा, वडा तहमा, पालिका तहमा संरचना विस्तार गर्ने अभियानका रुपमा यसलाई प्रयोग गर्न आवश्यक छ । तलका साथीहरु मिलेर संगठन विस्तार गर्ने अभियानको निमित्त जागरण अभियानलाई उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

संगठन चुस्त, तुरुस्त र गतिशिल नबनाई हुँदैन । जबसम्म पार्टीलाई विधान अनुसार चलाइन्न अरु कुरा तपसिलमै हुन्छ । अव पनि वैचारिक, सैद्धान्तिक र व्यवहारिक पक्षमा आफुँलाई परिमार्जन गर्न सकेनौं भने कांग्रेसलाई अगाडि बढाउने कुरामा समस्या हुन सक्छ । अहिलेको सन्दर्भमा प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा नेतृत्वले अलि गम्भिरतापूर्वक सोंच्न आवश्यक छ । राज्यले गरेका ज्यादती र अन्यायलाई जनस्तरमा लगेर भण्डारफोर गर्ने गरि कार्यक्रम ल्याउन आवश्यक । अझै पनि हामी सच्चिन खोजेका छैनौ भने त्यो चाहिं दुग्र्भाग्य नै हो ।

(नेविसंघका पूर्व अध्यक्ष पौडेल नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्)

जेठ १५ गते, २०७६ - १०:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना...   

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा...   

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न...   
माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

काठमाडौं । विश्व चर्चित कम्पनी माइक्रोसफ्टको सीइओ सत्या नडेलाको तलब भक्ता ह्वात्तै बढोत्तरी भएको...   

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी...   

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी...   
युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय...   
समाचारमा तपाईं हजुर कति उपयुक्त ?

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा...   
गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा...   
वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top