Khabar Dabali Logo
  August 25, Sun

भन्दाखेरि पूर्ण प्रेस स्वतन्त्रता तर व्यवहारमा अंकुश लगाउन खोजिएको छ

  • जेठ २ गते, २०७६ - १५:०७
  • Uncategorized

काठमाडाैं । नेपालको संविधानको प्रस्तावना मै जसरी पूर्ण प्रेस स्वतन्त्रतासहित लोकतन्त्रको कल्पना गरिएको छ, त्यसलाई पुरै लत्याएर ऐन तथा कानूनहरु बनाउन खोजिएको छ । हामीले यसअघि मुलुकी संहिता र फौजदारी संहिताको सन्दर्भमा कुरा उठाएका थियौं । सरकारले संशोधन गर्ने भनेर कार्यदल पनि बनाएको थियो । कार्यदलले के–के संशोधन गर्ने भन्ने बारेमा सुझाव पनि दिएको हो । तर अहिले ल्याइएको प्रावधानले स्वतन्त्रपूर्वक लेख्ने कुरा, स्वतन्त्रपूर्वक आलोचना गर्ने कुरा, राष्ट्र र जनतालाई केन्द्रमा राखेर लेख्ने विषयमा बन्देज लगाउन खोजिएको छ । पत्रकारिताको अनिवार्य सर्तको रुपमा रहेको अनुसन्धानमुलक शैलीलाई पुरै बन्देज लगाउन खोजिएको छ ।

यी प्रावधान के कारणले ल्याइए भन्ने विषय एकदमै सोंचनीय छ । हिजो लोकतन्त्रको लागि लड्दाखेरि, निरंकुशताको पक्षमा लड्दाखेरि पूर्ण प्रेस स्वतन्त्रताको पक्षको वकालत गर्ने दलहरुले आज यस्ता प्रावधान किन ल्याएका छन् प्रश्न उब्जाएको छ ।

प्रेस स्वतन्त्रता कति छ भन्ने आधारमा त्यो देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने स्पष्ट हुन्छ । यहाँ जो हिजो साँचो लोकतन्त्रको लागि लड्नुभएको थियो उहाँहरु सत्तामा पुगेपछि मिडियामाथि नै अंकुश लगाउन खोज्दैहुनुहुन्छ । मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रण गर्न खोजिरहनु भएको छ । अहिले ल्याइएको प्रावधनाले वास्तविक कुरा जनतालाई सम्प्रेषण गर्ने विषयमा नै बन्देज लगाउन खोजिएको छ ।

यसमा समाचार पुष्टि गराउने कुरा, कसैको गोपनियता हनन् गराउने कुरा, कसैको व्यक्तिगत आचरण तथा व्यक्तिगत मानसम्मानमा ठोस पुर्याउने कुरा ल्याइएको छ । यो त व्यक्ति पदमा बस्दाखेरि गरेको कामको आलोचना नै गर्न नपाइने खालको व्यवस्था हो । उसले जे गरेपनि जनताले थाहा नपाउने अवस्था ल्याउन खोजिंदैछ । जनताले जानकारी पाउने कुरालाई अर्को ढंगले व्याख्या गरेर पत्रकारिता जगतलाई अंकुश लगाईंदै छ ।

कुनै भ्रष्ट व्यक्तिको बारेमा लेख्दा उसलाई जानकारी दिनुपर्ने, अनुमति लिनुपर्ने, उसको अनुमति नलिई लेखिएमा उसले मानहानि भयो भनेर उजुरी दिने र कारबाही हुने विषयले के देखाउँछ ? त्यो व्यक्तिले गरेको राम्रो या नराम्रा जे देखिएको छ त्यो रिपोटिङ्ग नै गर्न नपाउने अवस्था ल्याउन खोंजिदैछ । समाचार लेखेकै आधारमा धेरै ठुलो मुल्यमा सजायँ भोग्नुपर्ने, लामोसमयसँग जेल बस्नुपर्ने अवस्था ल्याईंदैछ । यसले भन्दाखेरि पूर्ण प्रेसस्वतन्त्रता तर यो पुरै अंकुश लगाउन खोजिएको स्पष्टै देखिन्छ । लोकतन्त्रको कुरा उठाउने दलले सत्तामा गएपछि यसो गर्नु हुँदैन ।

(जन्मदेव जैसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन्)

जेठ २ गते, २०७६ - १५:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैज्ञानिक न्युटनबारे रोचक तथ्य

वैज्ञानिक न्युटनबारे रोचक तथ्य

काठमाडाै‌ं । महान् वैज्ञानिक आइज्याक न्युटनको जन्म सन् १६४३ जनवरी ४ मा इंग्ल्यान्डस्थित लिंकनसायरमा...   
गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था

गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था

कहाँ छ गणतन्त्र ?गणतन्त्र हिजोको व्यवस्थाभन्दा उन्नत हुनै पर्दथ्यो । राजतन्त्रको अन्त्यपछि ठुलो राजनीतिक...   

नेकपा भित्रै सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढ्यो : पोखरेल

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै...   
भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

एजेन्सी, नयाँ दिल्ली । भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ। प्रधानमन्त्री...   
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन...   
सम्झिन मन नलागेका सम्झना

सम्झिन मन नलागेका सम्झना

मानिसले जीवनमा धेरै कुराहरुको अनुभव गरेको हुन्छ । चन्द्रकान्तले पनि करीब सात दशक बिताई सकेको छ । यो...   

सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्छ : सभापति देउवा

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने...   
साहोको ‘ब्याड ब्वाई’मा देखिएकी ज्याकलिनले लिइन् दुई करोड

साहोको ‘ब्याड ब्वाई’मा देखिएकी ज्याकलिनले लिइन् दुई करोड

एजेन्सी । हिन्दी फिल्म ‘साहो’को केहि दिन अघि सार्वजनिक भएको ‘ब्याड ब्याई’ गीत अहिले निकै चर्चामा छ...   
९४ वर्षदेखि सुरक्षित लेनिनको शव, करोडौँ खर्चेर किम जोङले पनि राखेका छन् पिता र हजुरबाको लाश

९४ वर्षदेखि सुरक्षित लेनिनको शव, करोडौँ खर्चेर किम जोङले पनि राखेका छन् पिता र हजुरबाको लाश

एजेन्सी । कम्युनिष्ट शासन भएका देशमा आफ्नो नेताहरुको शव सुरक्षित राख्ने प्रचलन देखिन्छ । रुसमा लेनिनको...   

केन्द्रीय प्रसारणबाट मैथिली भाषा हटाएको भन्दै संसदमा विरोध

काठमाडौं । रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मैथिली भाषाको सामग्री हटाएको भन्दै राष्ट्रियसभाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top