Khabar Dabali Logo
  November 11, Mon

गलत काम लुकाउन पत्रकारितालाई सिध्याउन खोजिएको छ

  • जेठ २ गते, २०७६ - १५:००
  • Uncategorized

काठमाडाैं । अहिले भईरहेका कानून नियमहरु पत्रकारिता जगतलाई व्यवस्थित गर्न पर्याप्त छन् । राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित कानूनहरु पनि पर्याप्त छन् । तर एकाएक यी नयाँ विधेयकहरु आउनु आश्चर्यको कुरा हो । देशमा कतिपय कानुनहरुको अभाव भएको चर्चा चलिरहेको बेला भएका कानूनलाई किन एकाएक यसरी प्रतिस्थापन गर्न खोजिएको प्रश्न उठेको छ ।

भ्रष्टचार दिनदिनै बढेको छ । पारदर्शिता भन्ने छैन् । लोकतन्त्रको मुटु भनेको पारदर्शिता हो । पारदर्शिताको सबभन्दा सशक्त माध्यम भनेको पत्रकारिता जगत हो । अहिले यो सरकारले व्यापक रुपमा बढ्दै गएको भ्रष्टचारलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा मिडिया जगत हाबी हुँदै आएको छ । सरकारमा संलग्न पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरु भ्रष्टचारमा लागेको विषय मिडियामा आएको ।

फेरि अर्को कुरा यो व्यवस्था नै ठिक छैन् भनेर संघर्षमा गएको पार्टीका विरुद्धमा सरकार गएको छ । उसका नेता तथा कार्यकर्ताहरुलाई समात्ने र थुन्ने गरिरहँदा मिडिया जगत झन् सशक्त रुपमा आएको स्थिति छ । यो सन्दर्भमा मिडियाले पनि र मानवअधिकार आयोगले पनि सरकारको साथ दिएन । यी कुरालाई नियन्त्रण गर्ने भनेको संविधानको पालना गरेर, कानूनको पालना गरेर नै हो । हामीसँग जति पनि कानून पर्याप्त छन् । त्यसलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा सरकारले यस्तो नियम कानूनहरु ल्याएर बाँध्नु खोज्नु दुस्साहसपूर्ण नै हो ।

खासगरी मिडिया काउन्सील विधेयकमा पत्रकारिता जगतमाथि लगाईने दण्ड र जरिवानालाई एकदमै अव्यवहारिक हिसाबले ल्याइएको छ । सरकारले आफ्नो प्रतिकुल जानेवित्तिकै पक्राउ गरिहाल्ने । दण्ड र जरिवाना गराईहाल्ने कुरा लगाउन खोजिएको छ । यसले भ्रष्टचारलाई झन् बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै कुण्ठित पार्ने काम गर्छ ।

कम्युनिष्ट नामको सरकार छ । कम्युनिष्ट भएको कारण यो सरकार तानाशाही हुँदै गरेको, निरंकुश हुँदै गरेको भन्ने टिप्पणी पनि आएको छ । अर्कोकोणबाट, कम्युनिष्टको नाम लेखेको तर संसदीय पक्षपाती भएको हुनाले यसले संसदीय व्यवस्थालाई टिकाउनको लागि निरंकुशतालाई हाबी बनाउन खोजेको भन्ने टिप्पणी छ । दुवै कोणबाट सरकारप्रति टिप्पणी आएको छ ।

दुवै सहि पनि हो । किनभने यो सरकार नामको कम्युनिष्ट सरकार कामको संसदीय सरकार हो । यो टिप्पणी आइरहेको बेला, यो टिप्पणीलाई थेग्नको लागि सरकारले यस्तो विधेयक ल्याएको देखिन्छ । जसले गर्दा अलिकति मिडियालाई, अलिकति पत्रकारलाई नियन्त्रण लिन्छ । जसको कारण भ्रष्टचार, राष्ट्रियताका कुराहरु बाहिर नआउने स्थिति हुन्छ । यसले प्रष्ट पार्छ सरकार आफ्नो गलत काम लुकाउन पत्रकारिता जगतलाई सिध्याउन लागि परेको छ ।

(भण्डारी जनअधिकार अभियान नेपालका अध्यक्ष हुन्)

जेठ २ गते, २०७६ - १५:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको...   
सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ भनेर चर्चित विजय केसीलाई महानगरीय प्रहरीले पक्राउ गरेको...   

सीमा समस्यालाई अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको...   
ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साताको दोस्रो आज नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको...   
दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

मानव जातिको प्राचीनतम् सभ्यताको विकासको केन्द्र रहेको दक्षिण एसिया वर्तमानमा विश्व राजनीतिको केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top