Khabar Dabali Logo
  July 18, Thu

तयारी विनाकोे अपरिपक्क कार्यक्रम

  • बैशाख २३ गते, २०७६ - १६:५३
  • Uncategorized

पम्परागत रुपमा संसदमा अनौपचारिक शैलीमा भएपनि छलफल गरेर सुझाव माग्ने गरिन्थ्यो । तर सरकारले अहिले नीति तथा कार्यक्रम सिधै ल्याएको छ । यसको अर्थ यसपटक सरकार पूर्ण विस्वस्त छ । उसले कसैसँग सल्लाह सुझाव लिएको छैन् । थपघट गर्नुपरे प्रक्रियाबाट आउन आह्वान गरेको छ । यसले सरकारको आत्मविश्वास बढि छ भन्ने संकेत गर्छ ।

यसमा आएको कार्यक्रमकै कुरा गर्दा, कतिपय विगत कै छन् । कतिपय यही चालु आ.व.को योजनाहरुलाई पनि नजरअन्दाज गरिएको पाइयो । एक दशकदेखि बन्दै आएको हुम्ला र डोल्पामा सडक जोडिने छ भनिएको छ । यो पनि पहिलादेखि भन्दै आएको कुरा हो । मुलुक साक्षरतामय हुनेछ भनिएको छ । यो सारक्षता भन्ने कुरा कहिल्यै पनि सकिने देखिएन । यी यस्ता उदाहरणले नीति तथा कार्यक्रम कति दुरदर्शी भन्ने चाहीं संकेत गर्छ ।

केहि राम्रो पक्ष पनि छन् । पूर्वाधारहरुलाई सैद्धान्तिक जोड दिइएको छ । सँगै समस्या सतही कुरा गरिए जस्तो पनि देखिन्छ । जस्तो पानीको डाइभर्सन भनिएको छ । धेरै नदीहरुमा डाइभर्सन गराई जमिनलाई हराबरा बनाउने भनिएको छ । साथै यसमा प्रस्तुत गरिएको यति उति क्षेत्रफलको कृषियोग्य जमिनलाई सिंचाई गरिने भनिएको कुरा अलि मेल नखाने खालको पनि छ । यहाँ सिंचाई योग्य जमिनको ८० प्रतिशतमा भू–भागमा सिंचाई पुगेको भनिएको छ । यो कहिंको तथ्यांकसँग पनि मिल्दैन । जसरी खानेपानी ८० प्रतिशत जनतालाई पु¥याइएको छ अब ९० प्रतिशतलाई पु¥याइन्छ भनिएको छ नि । यो सिंचाईको कुरा पनि त्यस्तै हो ।

यहिँ काठमाडौंका मान्छेले पानी नपाएर कुन हालत छ । पाईप जोडेको वर्षौं हुँदासमेत एक थोपा पानी झरेको छैन् । त्यस्ता गफलाई मान्छेले कति पत्याउने ?

नीति तथा कार्यक्रमको सामाग्री बडो गन्जागोल छ । कतिपय एउटै विषयवस्तुलाई दुई तीन ठाउँमा जोडिएको छ । जस्तो एक ठाउँमा महिला हिंसाको कुरा गरेको छ, बीचमा महिलाको हक अधिकारको कुरा गरेको छ, एक ठाउँमा महिलाको स्वास्थ्यको कुरा गरेको छ । यो यस्ता विषय त क्रमिक रुपमा एकै ठाउँमा राख्न मिल्थ्यो नि । तर तयारी नपुगेजस्तो, अध्ययन नपुगेजस्तो, ध्यान नपुगेजस्तो देखियो ।

रोजगारीको कुरो पनि बडो अच्चम्मसँग मानिसलाई भुलभुलैयामा पार्ने खालको छ । एक ठाउँमा आगामी वर्ष पाँच लाखलाई थप रोजगारीको व्यवस्था गरिनेछ भनिएको छ । र फेरी अर्को बुँदामा तीन लाखलाई ४ वर्षभित्र गरिनेछ भनिएको छ । यो के हो ? तथ्यांक पनि भुलभुलैयामा पार्न खोजे जस्तो देखिन्छ । सरकार पनि प्रष्ट नभएको देखियो ।

यो नीति तथा कार्यक्रम व्यवस्थित ढंगबाट राम्रोसँग अध्ययन विमर्ष गरेर ल्याए जस्तो पटक्कै देखिन्न । एकदमै कच्चा जस्तो छ । जस्तो सडकमै आपतकालिन अवस्थामा जहाज उतार्ने भनिएको छ नि, यो त पुरै स्वैर कल्पना हो । यहाँ मोटर चल्नलाई त कुन हालत छ थाहा छैन् ?

एउटा राम्रो पक्ष नीति तथा कार्यक्रमले देशमा भ्रष्टचार छ, ढिलासुस्ती छ, अकर्मण्ड्यता छ भन्ने कुरा स्वीकार गरेको छ । म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु । भन्ने पनि शब्द परेको छ । अर्कोतर्फ पुँजीगत खर्च गर्न नसकेको वास्तविकता छ भनेर पनि स्वीकार गरेको छ ।

फेरि पनि वास्तवमा यो विना तयारी ल्याएको कुनै संका छैन । हुनत् सम्माननिय राष्ट्रपतिले भ्रमणको एकदिने कार्यक्रम नै छुट्याएर आउनु भएको छ । उहाँको ठूलो जिम्मवारी थियो । उहाँले त्यत्रो पढ्नुपर्यो । तर नीति तथा कार्यक्रमको भित्रि विषयवस्तुले तयारी नभएको प्रष्ट पार्छ ।

(अर्थविद् क्षेत्री पूर्व गर्भनरसमेत हुन्)

बैशाख २३ गते, २०७६ - १६:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

एजेन्सी । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९...   
पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले...   

ओलीले नेपालसँग भने–कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब...   
पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top