Khabar Dabali Logo
  May 27, Wed

सरकारको आर्थिक दृष्टिकोण नै देखिएन

  • बैशाख २३ गते, २०७६ - १६:५१
  • Uncategorized

यो त नीति तथा कार्यक्रम जस्तो नै देखिएन । हिजो पाँच लाखलाई रोजगारी दिन्छु भन्ने । अहिले पनि त्यहि भन्ने । हिजोको नतिजा के भयो ? त्यसको कुनै कहिं कतै शोधखोज नगर्ने । कहाँ पुग्ने, कुन बाटोबाट जाने केहि ठेगान छैन् । होइन नीति तथा कार्यक्रम भनेको त सरकारको हिंड्ने बाटो हो । यो त पुरै अलमलमा छ ।

सुत्केरीलाई उद्दार गरेको पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यो त सामान्य सरकारको दायित्व हो । यसलाई पुरै त्यस्तो प्रचार गर्नु आवश्यक थिएन । यसले त सरकारले केहि कामै गर्न नसकेको जस्तो देखिन्छ । गतिलो उपलब्धि नभएपछि यस्तो कुरालाई चर्चा गरियो ।

किन आर्थिक सुचांकहरु राम्रो देखिएन ? किन रोजगारीका अवसरहरु सिर्जना भएनन् ? किन स्वदेशी तथा विदेशी लगानीकर्तालाई उत्साहित गराउन सकेनौं ? खै उल्लेख गरेको ? यो नीति तथा कार्यक्रममा दृष्टिकोण पनि छैन् ? उहाँहरुले भन्ने गरेको दृष्टिकोण पनि देखिन्न । भाषण सहि नहोस् । एउटा कर्मकाण्डी मात्रै भयो ।

सामाजिक सुरक्षाको भत्ता दिनुपर्छ तर हाम्रो अर्थतन्त्रले कतिको धान्छ । त्यसको अध्ययन हुनुपर्छ । प्रधानमन्त्री ज्यूले पूर्वपश्चिम रेल, पानीजहाज के–के भन्नुभाको छ अनि थियो । ति के–के भए ? कति प्रगति भए ? हुन नसकेको के कारणले सकेनन् ? खै कहिँ प्रष्ट छैन ? भएका आयोजनाहरु पुरा हुनुपर्ने किन पुरा भएका छैनन् । न यो वर्ष भूकम्प आएको छ, न नाकाबन्दी, न बन्द हड्ताल, न आन्दोलन भएका छन् । केहिपनि समस्या छैन भने किन काम भएका छैनन् ।

कुन बाटोमा हिंड्ने भन्ने कुरामा सरकार पुरै अलमलिएको छ । यसले त समस्या बनाउँछ त । देश नै कमजोर हुन्छ । मुख्य कुरा सरकारसँग स्पष्ट आर्थिक दृष्टिकोण चाहियो । त्यसको पुरै अभाव देखियो । यो अवधिमा आर्थिक क्षेत्रमा यति धेरै समस्याहरु सिर्जना भएका छन् । हल गर्ने एउटा योजना पनि छैन् । यसरी त हुँदैन मुलुक गम्भिर समस्यामा पर्छ । हेर्नुस् व्यापार घाटा बढेको । उद्योग धन्दा भए भरका रुंग्न बन्दै गएका छन् । व्यवसायिक क्षेत्रमा हतोत्साहित छ । सुंचाक त सबै नराम्रो छ । फेरि पनि सामान्य समिक्षा हुनुपर्दैन । खै नीति तथा कार्यक्रम भन्ने अनि किन समस्या भयो भनेर उल्लेख नगर्ने । यो त कुनै कथा होइन नी !

विकासका मुख्य आधार उद्योग धन्दा रुग्न अवस्थामा छन् । ति सञ्चालन आउने वातावरण यत्रो अवधिमा पनि सरकारले मिलाएन । कुन मोडेलमा लगेर सञ्चालन गर्ने केहि योजनै छैन् । काम गरेर देखाउने हो तर बोल्ने मात्रै भए जस्तो भयो ।

(नेपाली कांग्रेसका नेता जोशी पूर्व उद्योगमन्त्री हुन्)

बैशाख २३ गते, २०७६ - १६:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा १५ जना कोरोना पुष्टी, आजै १२९ थपिए

कर्णालीमा १५ जना कोरोना पुष्टी, आजै १२९ थपिए

काठमाडौं । बुधबार साझसम्म एकैदिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा बुधबार राति थप १५ जनामा...   

कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु

ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ। ललितपुरको बुङमति घर रहेका ५७...   
भोलि चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

भोलि चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले भोलि चीनबाट...   

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोले नेपाल, भारत र चीनका बारेमा

काठमाडौं । पकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल भारतको सिमा विवादका विषयमा चीनलाई समेत जोडेर...   

नेपालमा आज एकैदिन १ सय १४ जनामा कोरोना पुष्टी

काठमाडौं । बुधबार साँझसम्म एकैदिन १ सय १४ जनामा कोरोना पुष्टी भएको छ । मंगलबार १ सय २ जनामा संक्रमण...   

पार्टी निर्णय नभई चल्दिन भनेका ओलीले फेरी गर्न थाले मनखुशी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको...   

कोरोनाको खोप बनाएको दावी गर्ने अमेरिकी कम्पनि परिक्षणका लागी अष्ट्रेलियामा पुग्यो

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको १ बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको...   
कालापानि भारतलाई र भारतको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

कालापानि भारतलाई र भारतको फुलबाडी नेपाललाई लिजमा सट्टाभर्ना दिने चर्चा

नयाँ दिल्ली । नेपालको नयाँ नक्सा जारी भएपछि भारतमा यसले ठूलो चर्चा पाएको छ । भारतीय मिडिया र साउथ ब्लकले...   

महाकाली सन्धि राष्ट्रघाती थियाे : वामदेव गाैतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति...   

६२ संक्रमित थपिए, रौतहटमा मात्रै ३५, झापामा १७ जना

काठमाडौं । प्रदेश नं. २ का विभिन्न जिल्लामा गरी ४५ जना कोरोना संक्रमित थपिएका छन् । ४५ मध्य ३५ जना रौतहटका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top