Khabar Dabali Logo
  May 20, Mon

कामचलाउ र कर्मकाण्डी कार्यक्रम

  • बैशाख २३ गते, २०७६ - १६:४९
  • Uncategorized

सरकारले आफ्नो पहिलो वर्षलाई विकास र समृद्धि तर्फको जग तयार पार्ने वर्ष भनेको थियो । त्यसमा आम जनताको अपेक्षा पनि थियो । सरकारलाई विश्वास गरेर जनमत पनि दिएका थिए । तर, ऐतिहासिक बलियो सरकारले विकास समृद्धिको लागि नयाँ छलाङ्ग मार्ने कार्यक्रम ल्याएन । कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रमा चलनचल्तीको बजेट, कार्यक्रम र कार्यशैली देखियो । यसले तात्तिक कुनै फरक आउनेवाला देखिएको छैन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीले विकास र समृद्धि हाम्रो सोंच भनेर जसरी भन्नुहुन्छ त्यसको कार्यान्वयनमा जान धेरै संरचनाहरुमा परिर्वतन ल्याउनु पर्दछ । नीतिगत, संस्थागत र कार्यशैलीमा संरचनागत परिवर्तनको आवश्यकता हुन्छ । यसले चलन चल्तीको भन्दा फरक कानूनको, छुट्टै कर्मचारी प्रशासनको माग गर्दछ । तर यो नीति तथा कार्यक्रममा त्यसको ढाँचा आएन ।

अर्कोतर्फ, सरकारले संघीयता कार्यान्वयनमा जाँदै गर्दा ठुलो अवसर पनि पाएको थियो । तर सरकारले संघीयता कार्यान्वयनलाई अवसर होइन बोझको रुपमा कामचलाउ गरायो । कर्मचारी समायोजन र बजेट छर्नेमै गएको हो कि भन्ने जोखिम देखिएको छ ।

सरकारले साँचो सुशासन, सार्वजनिक सेवालगायतमा विषयमा अहिलेको नीति तथा कार्यक्रममा खास समेट्न सकेको देखिएन् । साँच्चिकै भन्दा यो चलनचल्ती र एकदमै कर्मकाण्डी खालको मात्रै देखिएको छ । यसमा कुनै नयाँ विकासका योजनाहरु कार्यान्वयन गर्न नयाँ शैली, नयाँ कानूनी व्यवस्था, नयाँ संरचना भन्ने कहिँ पनि देँखिदैन् । सरकारको सोंच नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको पनि पाइएन । यसरी हेर्दा सरकार कता–कता थाकेको हो कि जस्तो देखिन्छ ।

नीतिगत प्रस्थान विन्दु पहिल्याउने, छुट्टै मौलिक विकासको मोडेल तयार पार्ने काम हुनुपर्ने हो । केहि समय अगाडि १५ औं पञ्चवर्षीय योजनाको आधार पत्र आयो त्यो त पहिलाकै भन्दा पनि कर्मकाण्डी छ । त्यसैले अहिलेको सरकारको नीति र कार्यक्रममा पनि कता–कता थाकेको जस्तो देखिन्छ । जनताले जुन आकांक्षा गरेका थिए, सरकारले जुन दाबी गरेको थियो त्यसमा कता–कता हतोत्साहित भएर थाकेको जस्तो देखियो ।

पहिलाकै शैली, पहिलाकै विषयवस्तु तिनैलाई निरन्तरता मात्रै छ । त्यसले नयाँ परिवर्तन त आउँदैन । १५÷२० वर्षदेखिको हाम्रो विकासको सन्दर्भलाई हेर्नुभयो भने त त्यो त खस्किदैं खस्किदैं आएर भएको बजेट पनि खर्च गर्न नसक्ने अवस्थामा पुगेका छौं । सरकारले जुन सोंच बनाएको छ त्यसलाई परिणाममुखी बनाउन गर्नुपर्ने कुरा के–के हुन भन्नेमा प्रष्टता भएको भए नीति र कार्यक्रम पनि लयबद्ध हुन्थ्यो । तर ल्याइएको नीति तथा कार्यक्रम आशा लाग्दो देखिएन ।

(पुर्वाधार विद् आचार्य साझा विवेकशिल पार्टीका प्रवक्ता हुन्)

बैशाख २३ गते, २०७६ - १६:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top