Khabar Dabali Logo
  April 24, Wed

आतंकवादी गतिविधि नियन्त्रणमा लिनु राज्यको दायित्व हो, लिइन्छ

  • चैत २८ गते, २०७५ - १७:१८
  • Uncategorized

संविधानको मर्म र भावनाभन्दा फरक ढंगले शान्तिपूर्ण प्रक्रिया र लोकतान्त्रिक विधि तोड्दै आतंकवादी गतिविधि भएको छ । लुटपाट गर्ने, जबरजस्ती चन्दा संकलन गर्ने कामहरु विप्लव समुहको नाममा हुन थालेको छ । एउटा लोककल्याणकारी राज्यको अवधारणा आत्मसाथ गरेको सरकारले नियन्त्रणमा लिन खोज्नु सामान्य नियम नै हो । जुन तहमा उसलाई प्रतिबन्ध लगाईयो यो विशेष गरेर व्यवसायिक र व्यापारिक संस्थाहरु माथिको उसले गरेको आतंकवादी गतिविधिलाई नियन्त्रण लिन हो । बम पड्काउने, व्यक्ति हत्या गर्ने, चन्दा संकलन गर्ने लगायतका जुन गतिविधिहरुमा तिव्रता आउन थाल्यो त्यसलाई नियन्त्रणमा लिनु राज्यको मुल दायित्व नै हो । जनताको सुरक्षाको लागि सरकारले गरेको काम उपयुक्त छ ।

सहगोत्री भएको नाताले आलोपालो हुने, अर्मपर्म चल्ने भन्ने परम्परा हुन्छ । तर सहगोत्री भएको नाताले अपराध गर्दापनि छुट दिनुपर्छ भनेर भन्नु मिल्दैन । जे नाममा अपराधीक गतिविधि गरेपनि त्यसको नियन्त्रण गर्नु सरकारको दायित्व नै हो । सरकारले प्रतिबन्ध लगाएको अर्थ विप्लव समुहसँग वार्ता नै नहुने संवाद हिनताको अवस्था पनि होइन । पहिला पनि सरकारले पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता कमिटि बनाएको थियो । त्यो वार्ता कमिटिले विभिन्न विद्रोही समुहसँग वार्ताको प्रक्रिया अगाडि बढाएको थियो । विप्लव समुहसँग पनि उहाँहरुले विभिन्न अज्ञात ठाउँमा गएर वार्ता गर्नुभयो । सरकारले संवाद गरिरहेको अवस्थालाई उहाँहरुले कमजोरीको रुपमा बुझेपछि यो परिस्थिति विकास भएको हो । सरकारको दायित्वलाई कमजोरी ठान्ने विषय गलत छ ।

जब सरकार वार्तामा बस्यो झन बम पड्काउने, मान्छे मार्ने र चन्दा आतंक फैलाउने काम भए । डोजरमा आगो लगाउने, सुपरमार्केटमा बम पड्काउने, एनसेलमा बम पड्काउने गतिविधि त ह्वात्तै बढ्यो । त्यस्तो गतिविधिलाई सरकारले एक्सन लिएको हो । प्रतिबन्ध लगाएपछि आमजनतामा शान्तिको सञ्चार फैलिएको छ । केहि देशलाई द्वन्द्वमा खेलाएर मानवअधिकारको नाममा लाभ लिन खोज्नेहरुले त नकारात्मक टिप्पणी गरेकै छन् । यसलाई इस्यु बनाएर राजनीतिक लाभ लिन कतिपय लाग्नुभएको पनि छ । तर आम सर्वसाधारणमा शान्तिको सञ्चार भएको छ ।

कुनै पनि आतंकवादी र अपराधिक कर्मलाई आर्दश र दर्शनको लेपर लगाएर नछेकिने भन्ने हुँदैन । सिके राउतले हिजो मुलुकलाई टुक्र्याउने पृथकतावादी आन्दोलनको नेतृत्व गरे, र उनले जे–जे कर्म गरे त्यो सबै बेठिक थियो । विप्लव समुहले पनि अहिलेसम्मका अपराधिक र अराजनीतिक कर्मलाई छोड्यौं र अब मुलधारको राजनीतिक हिंड्छौं भन्नुपर्छ । संविधान तथा कानूनलाई नमान्ने भन्ने हुँदैन । जनमतलाई कदर गर्छौं भनेर आउनु भयो भने विप्लव जीहरुसँग वार्ता नगर्नुपर्ने कारण छैन् । सहकार्य नगर्नु पर्ने कारण छैन् ।

लामो राजनीतिक द्वन्द्व र राजनीतिक अस्थिरताबाट मुलुकलाई भर्खरै हामीले सेटमा ल्याएका छौं । देशमा संविधान बनेको छ, समृद्धिको सपना देख्ने अवस्था बनेको छ । अब शान्ति हुन्छ । राजनीतिक स्थिरता कायम हुन्छ । मुलुक समृद्धिको दिशातिर जान्छ भनेर जनतालाई कन्भीस गराएको स्थिति छ । ‘बर्मा गएपनि कर्म सँगै’ भनेजस्तै जुनसुकै परिवर्तन आएपनि कहिले राजाबाट देश जोगाउन सडकमा उत्रिनु पर्ने, कहिले विप्लव, सिके जस्ताबाट दुःख पाइने अवस्था आउनु हुँदैन ।

हामीले पाएको उपलब्धि, ल्याएको संविधानलाई यो अराजक अपराधिक गतिविधिले बदनाम गराउने स्थिति देखिएको छ । देशलाई नै असफल गराउन खोजिएको छ । अहिलेको सरकारले त्यस्ता खालका असंवैधानिक गतिविधिलाई नियन्त्रण लिनु आवश्यक छ । त्यसमा चुक्नु हुँदैन । त्यसो हुँदाखेरि कोही गतिविधिलाई सच्याउँदै हामी मुलधारमा आउँछौं भन्ने ढंगले आउँछ भने उनीहरुलाई मुलधारमा ल्याउनु पर्छ । होइन भने लोककल्याणकारी राज्यको अवधारणा अनुरुप जनताको सुरक्षा गर्ने कर्मबाट राज्य चुक्नु हुँदैन । कसैलाई पनि अराजनीतिक, अपराधिक, आतंकवादी गतिविधि गर्ने छुट प्रदान गर्नु हुँदैन् । ऐतिहासिक रुपमा बलियो जनमत पाएको हाम्रो सरकारले लिएको समृद्धिको यात्रालाई रोक्न खोजिन्छ भने पछाडि हट्नु हुँदैन ।

(बस्नेत नेकपाका केन्द्रिय सदस्य हुन्)

चैत २८ गते, २०७५ - १७:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा...   
ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ...   

राजतन्त्र फर्किने सपना नदेखे हुन्छ : मन्त्री बास्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्किने सपना नदेख्न...   
अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

एजेन्सी । चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले...   
आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लच्चक लच्चक लच्कियो’...   
पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र...   
नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो...   
मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा...   

फेरि बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं । मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र...   
‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top