Khabar Dabali Logo
  April 24, Wed

विप्लवको एजेण्डा के हुन्, न जनतालाई थाहा छ, न सरकारलाई

  • चैत २८ गते, २०७५ - १७:१९
  • Uncategorized

पहिलो कुरा त राजनीतिक एजेण्डासहित कुनैपनि राजनीतिक पार्टी या समुहले आफ्नो विचारहरु राख्ने अगाडि आउने अधिकार संविधानमा सुरक्षित छ । नेपालको संविधानले प्रष्टै भनेको छ, ‘जुनसुकै विचार आस्थाको भए पनि कसैलाई प्रतिबन्ध लगाउन, थुनछेक गर्न पाईने छैन ।’ आफ्नो विचारहरु स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्ने अधिकारहरुलाई सुनिश्चित गर्ने संवैधानिक व्यवस्था छ । अर्कोतिर देशको अमनचयनमा खलल पुर्याउने, आतंक मच्चाउने, उर्गवादी गतिविधिहरु गर्ने, विस्फोटनहरु गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने, दबाब सिर्जना गर्ने, त्रास पैदा गर्ने जस्ता गतिविधि गर्ने जोकोही व्यक्ति वा समुहलाई सरकारले कानून अनुसार कारबाही गर्ने त्यसलाई रोकथाम गर्ने व्यवस्था पनि छ ।

तरपनि निकास के भन्ने प्रश्न पनि उठ्छ । जुनसुकै आस्था वा विचार राख्ने समुहसँग राज्यले वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्ने हल गर्ने प्रयत्न गर्नुपर्छ । फेरि सम्बन्धित पक्ष वार्ताको टेबलमा आउनलाई पनि तयार हुनुपर्छ । जस्तोसुकै अनि जत्रोसुकै आन्दोलन या विद्रोहको निष्कर्ष भनेको वार्ता र संवाद नै हो । त्यसकारण संवादको टेबलमा विप्लव जी आउनुको विकल्प छैन् । वार्ताको टेबलमा बसेर आफ्नो एजेण्डा राख्ने र जनताले बुझ्ने भाषामा एजेण्डाहरु प्रस्तुत गर्नु नै उपयुक्त हुन्छ ।

यहाँ सिके राउतको विषय पनि उठ्छ । उनी चरम अवस्थामा गएर राष्ट्र नै विखण्डन गर्ने स्थितिमा थिए । उनी समेतको शक्ति समुह वार्ता र संवादको माध्यमबाट राजनीतिक मुलधारमा आउन तयार भएको छ । विप्लव जी पनि यसैगरि आउनु पर्छ । सिके राउतको त एजेण्डा स्पष्ट थियो, विखण्डन ! देशलाई टुक्र्याउँछु भन्ने थियो । सरकार, पार्टी अनि जनता विप्लव जीकाे एजेण्डा के हुन भन्ने बारेमा अन्यौलमा छन् । विप्लव जीहरुको एजेण्डा के हुन् ? स्पष्टै छैन् । उहाँले आफ्नो एजेण्डाहरु यि हुन् भनेर सरकारलाई माग राख्नु पर्यो । जस्तो हामीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले २०५२ मा ४० बुँदे मागपत्र सरकारलाई दिएका थियौं । हामीले सरकारसँग भनेका थियौं, मागपत्र पुरा नभए हामी जनयुद्धमा जान्छौ ।

हामीले लुकीछिपि होइन खुला रुपमा आक्रमण गर्छौं भनेका थियौं । तर विप्लव जीहरुको अहिलेको अवस्था एनसेलको टावरहरु भत्काउने, चन्दा उठाउने, धम्क्याउने तर जनतासँग एजेण्डा स्पष्ट नपारेको अवस्था छ । राज्यलाई पनि आफ्नो एजेण्डाबारे स्पष्ट नपार्ने, वार्ताको टेबलमा आएर आफ्ना एजेण्डा पनि नराख्ने, छलफल पनि नगर्ने र आन्तरिक रुपमा गतिविधि गरेको कारण अन्यौल बढेको हाे । आफ्नो थितिलाई स्पष्ट बनाउनको निम्ति विप्लव जीहरुले आफ्नो राजनीतिक पोजिसन केहो, माग केहो, उद्देश्य केहो स्पष्ट पार्नु पर्यो । स्पष्ट भयो भने जनताको बीचमा समर्थन पनि प्राप्त हुन्छ । त्यसो भएन भने राज्यले कानून विपरितका गतिविधि सञ्चालन गर्ने समुहलाई त्यहि रुपमा राखेर व्यवहार गर्नुपर्ने बाध्यता पर्छ । त्यसकारण उहाँहरु क्लियर रुपमा अगाडि आउनु पर्छ ।

ठुला-ठुला युद्ध गरेका देशमा त वार्ता र संवाद हुन्छ । यहाँ संवाद नहुने भन्ने हुँदैन । हामी प्रारम्भिक चरणमै छौं । फेरिपनि मुख्य कुरा, विप्लवजीहरुले आफ्ना एजेण्डा संसारलाई स्पष्ट रुपमा राख्नु पर्छ । वार्ताको टेबलमा आउनुपर्छ । हाम्रो माग यो हो, यतिसमय भित्र पुरा गर । यति समय भित्र पुरा गरेनौं भने हामी यो प्रकृतिको आन्दोलन गर्छौं भनेर आउँदा राम्रो हुन्छ । त्यो तरिका भनेको राजनीतिक तरिका हो । अहिले विप्लव जीहरुले गरेको गतिविधिहरु अराजनीतिक खालका देखिएका छन् ।

(शर्मा नेकपाका केन्द्रिय सदस्य हुन्)

चैत २८ गते, २०७५ - १७:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा...   
ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ...   

राजतन्त्र फर्किने सपना नदेखे हुन्छ : मन्त्री बास्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्किने सपना नदेख्न...   
अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

एजेन्सी । चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले...   
आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लच्चक लच्चक लच्कियो’...   
पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र...   
नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो...   
मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा...   

फेरि बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं । मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र...   
‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top