Khabar Dabali Logo
  April 24, Wed

राज्य र पार्टीले जिम्मा दियो भने मैंले संवाद अगाडि बढाउन सक्छु

  • चैत २८ गते, २०७५ - १७:२०
  • Uncategorized

राज्यले गैरकानूनी रुपमा गरिएका गतिविधिलाई शक्ति प्रयोग गरेर, राजनीतिक उद्देश्यसहित गरिएका गतिविधिलाई संवाद र वार्ताको प्रक्रिया प्रयोग गरेर शान्ती प्रक्रियामा ल्याउनु पर्दछ । विप्लव समुहका गतिविधिहरु गैरसंवैधानिक छन् । चन्दा उठाउने, आगजनी गर्ने, धम्की दिनेजस्ता गतिविधि प्रति राज्यले आफ्नो प्रक्रिया पुर्याएर नियन्त्रण लिन खोज्नुलाई हामी स्वभाविक मान्छौं । तर, फेरिपनि कमरेड विप्लव अपराधिक व्यक्तित्व नभएर हिजोको आन्दोलनको सहभागी नेता भएको हुँदाखेरी उहाँले उठाएका राजनीतिक मुद्दाहरुलाई सहजीकरण गर्नको निमित्त राज्यले सहज वातावरण बनाउनु पर्दछ । पार्टीलाई पुरै सखाप पार्छू भन्नेभन्दा पनि वार्ता, सहमति र संवादको प्रक्रियामा ल्याएर राजनीतिक उद्देश्यहरु हल गर्न तिर लाग्नु पर्छ । त्यसो गरियो भने, जनताका बीचमा देखिएको अन्यौलता अन्त्य हुन्छ । देश फेरि द्वन्द्वमा जाने होकि भन्ने सन्त्रास स्वभाविक समाप्त हुन्छ ।

हिजो आन्दोलनमा उठाइएका एजेण्डाहरु आज संस्थागत हुने प्रक्रियामा छन् । गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता लगायतका एजेण्डाहरु विप्लवले पनि उठाउनु भएको हो । यी एजेण्डालाई बचाउनु, हुर्काउनु र राज्यमा स्थापित गराउन अझ पहलकदमी लिनु उहाँको पनि दायित्व हो । त्यसकारणले खाली विद्रोहको मात्रै कुरा गरेर अगाडि बढ्न सकिंदैन् । आफ्ना गतिविधि प्रति उहाँले समिक्षा गर्नुपर्दछ । राज्यले पनि खाली बल प्रयोग गरेर समस्या हल गर्छु भन्नु हुँदैन । गतिविधिहरु गैरसंवैधानिक हुँदासम्म राज्यले नियन्त्रण लिन खोज्नु स्वभाविक हो तर समस्याको हल वार्ता र संवादबाट मात्रै हुने हो ।

विप्लव नेतृत्वको नेकपा र कमरेड विप्लवलाई मेरो व्यक्तिगत रुपमा र पार्टीको संस्थागत अनुरोध के हो भने, समाजवादी क्रान्ति सम्पन्न गर्न हामी सबै मिलेर अगाडि बढौं । नेपालका सबै वामपन्थी एकै ठाउँमा भएर अगाडि बढ्ने सम्भावना छ । त्यो कोसिसमा आउनको निम्ति पनि अनुरोध गर्दछु ।

कमरेड विप्लवको भावना, उहाँको स्प्रीट र उहाँले गर्न खोजेको कुरालाई बुझ्ने साथीहरुले वार्ताको जिम्मा लिएर डिल गर्नुभयो भने वातावरणा सहजीकरण हुनसक्छ । विप्लवजीहरुले जिन्दगीभर वार्ता नै गर्दैनौ भन्नुभएको पनि छैन् । अझैपनि राज्यको तर्फबाट वार्ता, सहमति र संवादको घेरालाई फराकिलो बनाएर समस्या हल गर्नुपर्छ । सिके राउतलाई जसरी हामीले सहजीकरण गरेर वार्तामा ल्यायौं । र, एउटा कोर्षमा पुर्यायाैं । उहाँ हिजो जुन ठाउँमा हुनुहुन्थ्यो अहिले फरक कोर्षमा हिड्नुभएको छ । भविष्यको विषय फरक होला । विप्लव कमरेडलाई पनि त्यसरी नै उहाँको एजेण्डा, उहाँको कुराहरु राख्ने अवस्था दिनुपर्छ । जसको लागि राज्यले सहजीकरण गर्न आवश्यक छ । यदि राज्य र पार्टीले जिम्मा दियो भने मैंले संवाद अगाडि बढाउन सक्छु । वातावरणलाई विग्रन दिन हुँदैन । यो हामी सबैको दायित्व हो ।

(पाैडेल नेकपाका स्थायी समिति सदस्य हुन्)

चैत २८ गते, २०७५ - १७:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा...   
ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन्। उनलाई प्रहरीले आज गौशालाबाट पक्राउ...   

राजतन्त्र फर्किने सपना नदेखे हुन्छ : मन्त्री बास्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्किने सपना नदेख्न...   
अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

अभिनेताबाट राजनेता बने सनी देओल, बीजेपीको उम्मेदवार बन्दै

एजेन्सी । चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले...   
आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लच्चक लच्चक लच्कियो’...   
पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

पूर्वराजा र कमल थापाको गतिविधि प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री राई

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र...   
नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

नयाँ उद्योगहरु सुरु हुन थाले, काठमाडौंमा मात्रै पाँच हजार उद्योग दर्ता

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो...   
मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा...   

फेरि बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं । मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र...   
‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top