Khabar Dabali Logo
  August 25, Sun

नेपालजस्ता नेताले समानान्तर बनाउँदैनन्

  • चैत २४ गते, २०७५ - १६:४०

यो खालको एकता विगतमा सायदै भएको थियो । यति ठुला पार्टीहरुको एकता प्रक्रियालाई सामान्य रुपमा बुझ्न मिल्दैन । फरक–फरक पृष्ठभूमि सहित आएका पार्टीहरुको विचार, दृष्टिकोण त्यसपछि संगठनात्मक एकता गराउने कुरा सामान्य होइन । केहि कमजोरीले एकता प्रक्रिया लम्बिएको छ ।

हिजो एकिकरणको प्रक्रिया दुई जना नेताहरु बसेर त्यसलाई टुङग्याउने अवस्था बनेको थियो । त्यसभन्दा पछाडि बनिरहेका संरचनाहरु चाहे त्यो सचिवालय होस वा चाहे त्यो केन्द्रिय कमिटि या प्रदेश कमिटिको कुरा हो, निर्णय गर्नको लागि दुईवटा अध्यक्षले नै मुख्य भूमिका खेल्नु भयो । अब अहिले केहि काम गर्नुपर्ने देखिएको छ । एउटा जिल्ला कमिटि बनाउने (अध्यक्ष र सचिव तोक्ने), दोस्रो बनेको केन्द्रिय कमिटिलाई जिम्मेवारी बाँडफाँड गर्ने । तेस्रो, जनसंगठनको एकिकरणको गराउने कुरा ।

हिजो हामीले जुन प्रक्रियाबाट एकिकरण यहाँसम्म ल्याइपु¥याएका थियौं, आज केहि रोकिए जस्तो देखिन्छ यसमा खास विगतका नजिरलाई प्रयोग गर्ने कुरामा समस्या छ । जे स्प्रीटका आधारमा एकिकरण प्रक्रिया अगाडि बढ्यो त्यहि नै अब बनाउने संरचनामा अबलम्बन हुनुपर्दछ । तर त्यो हुन सकेको छैन् ।

एकता प्रक्रिया ढिला हुनाले स्वभाविक रुपमा धेरै समस्याहरु बन्न गएका छन् । हाम्रो पार्टीको सिंगो पंक्ति यसबाट प्रभावित भएको छ । लाखौं कार्यकर्ता अलमल परेको अवस्था छ । जनताले नेपाल कम्युनिष्ट पार्टीलाई ऐतिहासिक जिम्मेवारी दिएका छन् । मुलुकको ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कुरामा चुक्नु हुँदैन । ७० वर्षको नेपालको कम्युनिष्ट आन्दोलन अहिले सबैभन्दा उचाईमा पुगेको छ । यहाँसम्म ल्याउने नेतृत्वलाई सबैको सहयोग र साथ चाहिन्छ ।

मिडियामा अनेकन विषय आएका छन् । ति कति यथार्थ छन् त्यो आफ्नो ठाउँमा छ । माधव नेपाल जस्तो जिम्मेवार व्यक्तिले कम्युनिष्ट आन्दोलनको यो ऐतिहासिक क्षणमा समानान्तर कमिटि निर्माण गर्नतिर लाग्छन् भन्नेमा मलाई विश्वास छैन। यस्ता प्रक्रियाले नेतृत्वलाई सहयोग पुग्दैन् । हामी हाम्रो लक्ष्यमा सफल हुँदैनौं ।

चैत २४ गते, २०७५ - १६:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा...   
पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले...   
नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल...   

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top