Khabar Dabali Logo
  November 11, Mon

अखण्ड प्रदेश, राज्य वा जिल्ला हुँदैन, अखण्ड भनेको राष्ट्र मात्र हुन्छ

  • मंसिर १९ गते, २०७३ - १०:०३
  • Uncategorized

narendra_jung_peterअहिले दलहरुको बीचमा सहमतिको अभ्यास भएको देखिन्न । शान्तिप्रकृया निमार्णको संन्र्दभमा जसरी दलहरुबीच सहमति र एकमत बनेको थियो त्यो हुन नसक्नु र आ आफ्नो दलिय स्वार्थबाट दलहरु प्रभावित हुनु नै समस्याको मुख्य कारण हो ।

नरेन्द्रजंग पिटर

मलाइ लाग्छ सरकारले पनि आफ्नो प्रवृतिमा परिर्वतन गर्नुपर्दछ । दलहरुले आग्रह वा पूर्वाग्रह छाडेर सहमतिको सिद्धान्तबाट अघि बढ्नुको अरु विकल्प छैन । देशलाई निकास र स्थायि शान्ति चाहिएको छ ।

प्रमुख प्रतिपक्ष दलले चुनावी माहोलमा बन्द हड्ताल नगर्ने भनि गरेको घोषणा लाई कार्यान्वयन गर्नु पर्दछ । आवेगमा आएर आफ्ना मुल्य मानयता र राष्ट्रिय जिम्मेवारीलाई बिर्सनु हँुदैन । अहिले एमालेले सत्ताबाट बाहिर निस्कदाको पिडा वा आवेग सडक बाट पोखेको जस्तो देखिएको छ,उनीहरुले सभ्यता पूर्वक जिम्मेवार दलको भूमिका पूरा गर्नु पर्दछ ।

असन्तुष्ट पक्षलाई मिलाउन संविधान संशोधन गर्नु आवश्यक देखिन्छ । विगतमा केपी ओली सरकारले पनि संशोधनको प्रस्ताव अघि सारेको थियो । पहिलेको सरकारले अघिसारेको प्रस्तावलाई नै अहिले अघि बढाइएको जस्तो देखिन्छ । असन्तुष्ट पक्षहरुलाई समेत राष्ट्रिय मुलधारमा ल्याउँदै संविधान संशोधन गरेर मुलुकमा स्थायी शान्ति, विकास र संमृद्धिको दिशामा लैजानु पर्दछ । त्यसपछि संविधानको कार्यान्वयन, तीन तहको निर्वाचनको तयारी गर्नुपर्दछ । संविधान संशोधन अहिलेको राष्ट्रिय आवश्यकता हो ।

अखण्ड प्रदेश, राज्य वा जिल्लाको विषयलाई लिएर आन्दोलन गर्नु उचित देखिन्न । अखण्ड भनेको राष्ट्र मात्र हुन्छ । मुलुक पुरानो संरचनाबाट नयाँ संघीयताको ढाँचामा जाने क्रममा यो जिल्ला वा यो क्षेत्र अखण्ड हुनुपर्छ भन्ने कुरा तार्किक हँुदैन । संघीयताको सिद्धान्त नै नयाँ आधारमा प्रदेश बनाउने हो, तसर्थ प्रदेशको सीमाना तल माथी जान पनि सक्छ,त्यसको विरोधमा अराजकता निम्त्याउनु पुरातनवादी सोँच हो । हाम्रो अगाडि पुराना संरचना भत्काउदै नयाँ संघीय मुलुक बनाउन पर्ने कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी पनि छ, यसबाट जनताप्रति जिम्मेवार राजनीतीक दलहरु भाग्न पाउँदैनन् ।

मंसिर १९ गते, २०७३ - १०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गोलको वर्षा गरेको छ । मंगलबार...   

नेकपाले उम्मेदवारको टुंगो लगायो

तडी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि पुरचौंडी नगरपालिका...   
सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

एजेन्सी । यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको...   
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु...   
आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top