Khabar Dabali Logo
  January 26, Sun

नवनियक्त मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्।

आजदेखि कार्यभार सम्हालेका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए । मन्त्रालयमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे ।

उनले भने, “जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् । राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।” मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तिव्रता दिने बताए ।

मंसिर ५ गते, २०७६ - १६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा...   

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले...   

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको...   

काँग्रेस नेकपासँग कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन : नेता रिजाल

काठमाडौँ । कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर सभामुखको...   

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै...   

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकूको मृत्यु

मजार ए शारिफ । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको...   
अत्यधिक बर्षाका कारण १४ को मृत्यु

अत्यधिक बर्षाका कारण १४ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४...   

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ।...   

रौतहटको चौकीनजिकै शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो

रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकीनजिकै शंकास्पद वस्तु भेटिएको छ ।आइतबार करिब १२ बजेतिर नेपाल बैंक...   
क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top