Khabar Dabali Logo
  August 4, Tue

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

सिन्धुली । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।

यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु एक करोड ५० लाख चन्दा मागेको जानकारी दिए। उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ ।

मंसिर ५ गते, २०७६ - १४:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पच्चिस श्ययासम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि,...   

कोरोना भाइरसको उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको छ : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको...   

सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि मङ्गलबारदेखि पुनः लकडाउन

मनिला । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी गर्ने घोषणा गरिएको छ । राष्ट्रपतिले राजधानी...   

स्रोत नखुलेको आठ लाख बढि रकमसहित संरक्षण अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रु आठ लाख ९८ हजार रकमसहित बाँके राष्ट्रिय...   

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको...   

कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टाको अवधिमा ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या...   

नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ...   

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा त्रुटिनै त्रुटि, भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी...   

१५१ स्थानीय तहले अझै बजेटको विवरण पठाएनन्

काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य...   

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top