Khabar Dabali Logo
  January 26, Sun

मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनायो : प्रभु शाह

काठमाडौं । नेकपा प्रभावशाली नेता एंव प्रदेश नं. २ का अध्यक्ष प्रभु शाहले मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । बुधबार राति भएको मन्त्रिपरिषद पुनर्गठन गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा भएको आरोप शाहको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले मन्त्रिपरिषद पुनर्गठन गर्दा सामान्य कम्युनिष्ट मूल्य मान्यतालाई पनि लागु नगरिएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “कार्यसम्पादन को आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन ।”

शाहले मन्त्रिपरिषद पुर्नगठन गर्दा योग्यहरुलाई पाखा लगाएर अयोग्यहरुलाई जम्मा गरिएको पनि बताएका छन् । उनले भनेका छन्, “योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ ।”

तराई मधेशका प्रभावशाली नेता मानिने शाहले मन्त्रिको लागि दाबेदारी पनि प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । उनले नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङलाई ल्याएका छन्। मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाएका छन् ।

मंसिर ५ गते, २०७६ - ११:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२३ करोड राजस्व छलीको आरोपमा मुद्धा दायर

काठमाडौं । राजस्व अनसन्धान विभागले नक्कली र झुटा बिल तथा बिजक को आधाारमा राजस्व चुहावट गरेको भन्दै...   
के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

के-के षडयन्त्रलाई छल्दै सभामुख बने सापकोटा ?

काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै लामो समय रिक्त भएको प्रतिनिधिसभाले आइतबार...   
नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउने

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको...   

एमसीसीका प्रावधान संशोधन नगरी पास गर्नु हुन्न : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने...   

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top