Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युएईलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीकर्तालाई कुनै किसिमको समस्या नभएको र त्यसको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको जानकारी दिदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

चीन र भारतको बीचमा अवस्थित नेपाल बजार विस्तारका दृष्टिले उपयुक्त भएको बताउँदै उनले द्विपक्षीय सहयोगका माध्यमबाट नेपालमा उत्पादित वस्तु ती दुवै देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेको जानकारी दिए ।

लगानीको वातावरण बनाउन सरकारले कर, आयकर, अन्य आम्दानीमात्र नभई एकद्वार प्रणालीमार्फत सरल र सहज ढङ्गले सेवा प्रवाहको व्यवस्था मिलाएको जानकारी दिँदै, उनले विशेष आर्थिक क्षेत्रको सुविधासमेत भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपाल र युएईको अर्थतन्त्र निर्माणमा दुई लाख ५० हजारभन्दा बढी नेपालीले योगदान गरेका भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र युएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझेदारी गर्दै आएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies