Khabar Dabali Logo
  July 4, Sat

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ ।

माली र नाइजरका सुरक्षाकर्मीहरुले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

सरकारी सेनाका एक अधिकारीले भने “घटनाका क्रममा हाम्रो तर्फका मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अरु २९ जना घाइते भएका छन् ।”

उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिएको र अरु सयौँलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरु नाइजर सेनाका नियन्त्रणमा रहेको जनाइएको छ ।
सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निश्कर्ष निकालिएको छ । शरद ऋतु मै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन् ।

मालि, नाइजर र बुर्किन फासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मीहरुको बीचमा बेला बेलामा झडप भइरहने गरेको छ ।

मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ । मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरिएको छ । एएफपी

मंसिर ३ गते, २०७६ - १४:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका...   
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन्। राष्ट्रपति...   

पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ : नेता पौडेल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो...   

सहकारीमार्फत बेरोजगारी समस्याको सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कोभिड–१९ को महामारी र जलवायु...   

प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भण्डारी भेट्न शितल निवास, मन्त्रीहरुलाई बालुवाटार बोलावट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद्...   

बझाङ पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो, एकजना अझै बेपत्ता

बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा...   

स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ : प्रहरी महानिरीक्षक

परासी । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको...   

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय...   

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि...   

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गोरखाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top