Khabar Dabali Logo
  July 13, Mon

फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्।

सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ।

अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ।

डब्ल्यूटीस्सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ।

यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ।

हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन्।

हामी तपाईँहरूले कस्तो सामग्री हेर्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई नै दिनेछौँ र गलत शीर्षक सच्याउने वा खराब पोस्टबारे सचेत गराउने अधिकार दिनेछौँ, डब्ल्यूटीस्सोशलको परिचयमा लेखिएको छ।

उसले खराब प्रयोगकर्तालाई स्थान नदिने जनाएको छ।

फाईन्यान्शल टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा वेल्सले ठूला सामाजिक सञ्जालहरूले रोजेको विज्ञापनमा आधारित व्यापारिक मोडल नै समस्याग्रस्त भएको बताएका थिए।

यसले गर्दा निम्न स्तरका सामग्रीहरू विजेता बनेका छन्, उनले भनेका थिए।

वेल्सले सन् २०१७ मा मिथ्या समाचारलाई चुनौती दिन क्राउडसोर्सिङले चल्नेगरी विकिट्रिब्यून नामक समाचार साइट स्थापना गरेका थिए।

तर सन् गत वर्ष अक्टोबरमा व्यावसायिक पत्रकारहरूको समूह त्यसबाट अलग्गिएको थियो।

दुवैमा वेल्स संलग्न भए पनि डब्ल्यूटीस्सोशल र विकिपीडिया भिन्न संस्था हुन्।

सामाजिक सञ्जालको विषयका परामर्शदाता जोइ केअर्न्जले नयाँ सामाजिक सञ्जालले स्थापित संस्थाहरूलाई चुनौनी दिन छिटो प्रयोगकर्ताको सङ्ख्या बढाउनुपर्ने बताइन्।

मानिसहरू निस्शुल्क सामाजिक सञ्जाल चलाउन अभ्यस्त भइसकेका छन्। व्यावसायिक संस्थाहरूले यसका लागि पैसा तिर्न सक्लान्, तर सामान्य मानिसहरू ‍औँलामा निस्शुल्क समाचार पाउन अभ्यस्त छन्, उनले बताइन्।

बीबीसीकाे सहयाेगमा

मंसिर ३ गते, २०७६ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि उपत्यकामा मयुँर यातायात सञ्चालन

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले...   

शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी...   

प्रदेश सरकारकोतर्फबाट दुई विधेयक दर्ता

हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता...   

विद्यासुन्दर शाक्यले चुनावको बेला मुख्य एजेण्डा बनाएको मोनोरेल सञ्चालन अहिले ओझेलमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने...   

सरकारले खरिद गर्ने भनिएको ३ सय विद्युतीय बस खरिद अझै अन्योलमा

काठमाडौँ । सरकारले खरिद गर्ने भनिएको ३०० विद्युतीय बस खरिद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट...   

रामपुरमा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल खुल्दै

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको...   

निजी प्रयोगशालाले पनि पाए कोरोना परीक्षण गर्न

काठमाडौं । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य...   

अध्यक्ष प्रचण्डको कोरोना परीक्षण गरिदै

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना भाइरस...   

नेता पौडेलद्वारा तनहुँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त, उद्धारमा खटिन आग्रह

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको...   

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top