Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उम्मेदवारसँगै शीर्षनेता हात जोड्दै घरदैलोमा

भक्तपुर । भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् ।

विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता ¥यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि घरदैलो अभियानमा उपनिर्वाचनका प्रमुख प्रतिस्पर्धी तीन दल नेकपा, काङ्ग्रेस र नेमकिपाका शीर्षनेता हरेक दिन बिहानैदेखि उम्मेदवारसँगै मतदाताका घरघरमा हात जोड्दै भोट माग्न पुगेका छन् ।

गत कात्तिक २१ नेकपाका सचिवालय सदस्य वामदेव गौतम, पार्टी स्थायी समिति सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य रामेश्वर फँुयाल, शशिजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ र सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा डिपी ढकालको उम्मेदवारी दर्ता गराएको नेकपाले घरदैलोमा केन्द्रीय नेता परिचालन गरेको छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापासहितको नेतृत्वमा कृष्णलाल भँडेलको उम्मेदवारी दर्ता गराएको काङ्ग्रेसको घरदैलोमा पनि केन्द्रीय नेताको सहभागिता रहेको छ । नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंलगायतले निरज लवजूको उम्मेदवारी दर्ता गराएको नेमकिपा पनि घरदैलोमा केन्द्रीय नेतालाई साथमा लिएर भोट माग्न घरदैलोमा पुगेको छ ।

नेकपाले घरदैलोमा सरस्वतीखेलमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, दुवाकोटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का प्रदेश अध्यक्ष नारायण दाहाल, झौखेलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेशसभा सदस्य फँुयाल, चाँगुनारायणमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, सांसद बस्नेत, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज दिलीप प्रजापतिलगायतका नेता भोट माग्दै घरदैलोमा पुगेका छन्।

नेकपाले आज छालिङमा शुरु भएको घरदैलोमा नेता अग्नि सापकोटाले नेतृत्व गर्दै भोट माग्नुभएको छ । हरेक दिनको घरदैलोमा साथ दिँदै आएका सांसद बस्नेतले घरदैलोमा पार्टी अध्यक्ष प्रचण्डसमेत सहभागी हुने जानकारी दिए ।

काङ्ग्रेसले सरस्वतीखेल, दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङमा सम्पन्न गरेको घरदैलोमा क्रमश ः केन्द्रीय नेता एनपी साउद, पूर्वमन्त्री रमेश लेखक, पुष्पा भुषाल, पूर्वमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, उदयशम्शेर राणा, तरुण दलका नेता जीतजङ्ग बस्नेत, उत्तमकुमार चापागार्इं, भुपेन्द्रजङ्ग शाहीलगायतको सहभागि भएर घरदैलोमा पुगेका छन् ।

काङ्ग्रेसका उम्मेदवार भँडेललाई मातृशोक परे पनि काङ्ग्रेसले एक दिन घरदैलो स्थगित गरेर पुनः शुरु गरेको छ भने आज ताथलीमा घरदैलो गरेको निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए। बुधबार वागेश्वरीमा हुने घरदैलोमा नेता गगन थापाले नेतृत्व गर्ने उहाँले जानकारी दिए ।

नेमकिपाले सोमबार सरस्वतीखेलबाट शुरु गरेको घरदैलो आज बिहान दुवाकोटबाट शुरु गरेको छ भने आज दिउँसो ३ः०० बजे न्यौपानेगाउँमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले जनसभामा बोल्ने कार्यक्रम रहेको उम्मेदवार लवजूले जानकारी दिए ।

नेकपा समृद्ध भक्तपुरको एजेण्डा लिएर मतदातामाझ पुगेको छ भने काङ्ग्रेस सरकारको आलोचनासँगै विकासका एजेण्डा लिएर मतदातामाझ पुगेको छ । नेमकिपा भने कालापानी र राष्ट्रियताको मुद्दासँगै विकासको एजेण्डालाई लिएर जनतामाझ मत माग्दै घरदैलोमा पुगेको छ । गत निर्वाचनमा निर्वाचित नेकपाका उम्मेदवार हरिशरण लामिछानेको मष्तिस्कघातका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies