Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

टुंगो लाग्यो हटाइने मन्त्रीहरूको सुची, को - को परे ?

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ ।

आजको कान्तिपुरमा खबर छ - दुई अध्यक्षबीचको भेटमा आफ्नातर्फबाट मन्त्रिपरिषद्मा समावेश हुने नयाँ मन्त्रीहरूबारे छलफल गरेको स्रोतले जनायो ।

वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षबाट मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने नेताहरूको नाम यसअघि नै प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

एक नेताका अनुसार ओली र दाहाल कुन–कुन मन्त्री हटाउने भन्ने विषयमा लगभग टुंगोमा पुगे पनि कस–कसलाई ल्याउने भन्नेबारे अन्तिम निष्कर्षमा पुगिसकेका छैनन् । ‘पार्टीमा अवसर नपाएका योग्य नेताहरू धेरै हुनुहुन्छ, न्यायोचित ढंगले जिम्मेवारी दिनुपर्नेछ, त्यसैले अध्यक्षद्वय गहन छलफलमा हुनुहुन्छ,’ ती नेताले भने । प्रधानमन्त्री कार्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा ‘रेड जोन’ मा रहेका मन्त्रीलाई अब हटाउनैपर्छ भन्नेमा दुवै अध्यक्ष सहमत छन् ।

प्रधानमन्त्री ओली उद्योग तथा वाणिज्यमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको कार्यशैलीबाट सन्तुष्ट नरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । ‘यी मन्त्रीहरूले प्रधानमन्त्रीज्यूको चाहनाअनुसार काम गर्न सकिरहेका छैनन्, सम्भवतः मन्त्रिमण्डलबाट बाहिरिने सूचीमा उनीहरू नै छन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

यी मन्त्रीहरूको विकल्पमा आउन सक्ने सम्भावित नेताहरू र उनीहरूको दक्षताका विषयमा पनि दुई अध्यक्षले छलफल गरिरहेका छन् । ‘उहाँहरूले भरसक महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिको ठाउँमा जनजातिलाई नै ल्याउने तयारी गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसमा गुटगत व्यवस्थापन पनि मिलाइनेछ ।’

दाहालनिकट स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र ऊर्जामन्त्री वर्षमान पुनबाहेक अरू मन्त्रीहरूका बारेमा पुनर्विचार गर्न उनी तयार छन् । यी मन्त्रीलाई प्रधानमन्त्री स्वयंले पनि रुचाएका छन् । यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीले रुचाएका अन्य मन्त्री हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies