Khabar Dabali Logo
  July 9, Thu

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि सप्तमी,१८ घडी २८ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अश्लेषा,३५ घडी ०५ पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त मघा । योग ब्रम्ह,३८ घडी ५६ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण बव,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कर्कट,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त सिंह ।

काठमाडौंमा सूर्योदय ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ४० पला । अष्टमी व्रत। साँझमा भैरवोत्पत्ति। विश्व शौचालय दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानी कम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फइदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा कुटुम्ब सँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभासमारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । मायाप्रेममा बिश्वासको बाताबरण बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयापैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढि नै आम्दानी हुनेहुँदा नयाँ क्षेत्रमा लगानी गर्न जागर आउँनेछ । रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामोदुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पतिपत्नीका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडि तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । मायाप्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयालि छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादबिवाद तथा प्रतिश्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मावलि पक्षबाट तपार्ईँको काममा आर्थिक हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

मंसिर ३ गते, २०७६ - ०६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका बिरामी निको भएर फर्किए

काठमाडौं । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन...   

निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न जुरिचलाई असोज दोस्रो सातासम्मको म्याद

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चासो देखाएको स्विट्जरल्यान्डको...   

गरीबका लागि विश्व बैंकले दिएको २९ अर्ब अनुदानमा चरम दुरुपयोग

प्रशासनिक खर्चमा सकियो १० अर्ब, लगानी भएको १९ अर्बको जवाफदेही कोही छैन काठमाडौं । गरिबीले पिल्सिएका...   
सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा भएको गोलीकाण्डका पीडित काठमाडौं आइपुगेका छन् । आजको नयाँ...   

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन, यस्तो छ दुई अध्यक्षको अडान

काठमाडौं । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी...   
अन्ततः गिरीको सांसद पद गुम्ने, के हुन्छ प्रक्रिया ?

अन्ततः गिरीको सांसद पद गुम्ने, के हुन्छ प्रक्रिया ?

काठमाडौं। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै सांसदलाई दलबाट निष्कासन गरिए उसको पद गुम्ने व्यवस्था...   

रुकुम घटनामा जोडिएका किशोर–किशोरीलाई बाल सुधार गृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

काठमाडौं। सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका...   

प्रहरी प्रमुखमा विवादरहित बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक ९आइजिपी० पदमा अतिरिक्त महानिरीक्षक ९एआइजी० शैलेश...   

ओली–प्रचण्ड वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर, यस्तो भयो संवाद

काठमाडौं । सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन । सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष...   

नेकपाभित्रको पार्टी विवाद बल्झिँदा चिनियाँ राजदूत सक्रिय हुदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top