



प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट




- मंसिर २ गते, २०७६ - २३:२४
काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मङ्सिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुङ्गेलले जानकारी दिएका छन् ।
प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४०० सम्मका पुस्तक राखिएका छन् । प्रतिष्ठानले प्रकाशन गरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने उनले जनाए ।
प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गरेकाे ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गरेकाे ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन् ।
प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । यही मङ्सिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताए । प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ ।
प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रुपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उनकाे भनाइ छ । रासस
Tags:
प्रज्ञा प्रतिष्ठान
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने
काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…
काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...भारतको प्रष्ट रणनीति : सके एकैपटक, नसके किस्ताबन्दीमा भएपनि नेपाललाई गाभ्ने
भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा...काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियससम्म
काठमाडाैं । बिहीबार बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।...पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये
काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय...टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज
काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप...वाट्सएपबाट सस्तोमा सामान दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपबाट सस्तोमा सामान मगाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले...

